धनकुटा । नेपाल शिक्षक संघ धनकुटाको पाँचौ जिल्ला प्रतिनिधि सभा शिक्षकहरुको पेशागत तथा भौतिक सुरक्षा लगायतका विषयमा विभिन्न निर्णयहरु गर्दै सम्पन्न भएको छ ।
नेपाली कांग्रेस धनकुटाका जिल्ला सभापति दिनेश राईले उद्घाटन गर्दै नेपाल शिक्षक संघ धनकुटाको पाँचौ जिल्ला प्रतिनिधि सभामा मुलुकको समग्र विकासका लागी शिक्षा क्षेत्रमा आमुल सुधार गर्नु पर्नेमा जोड दिए ।
नेपाल शिक्षक संघ धनकुटाका अध्यक्ष धिरेन्द्र वहादुर लिम्बुको अध्यक्षतमा सम्पन्न भएको उक्त जिल्ला प्रतिनिधि सभामा पाख्रिवास नगरपालिकाका मेयर ज्ञान वहादुर गुरुङ्ग, नेपाल शिक्षक संघ कोशी प्रदेशका अर्थमहासचिव रामकुमारी भण्डारी, नेपाली कांग्रेस धनकुटाका उपसभापति सुनिलकुमार डंगोल, जिल्ला सचिवहरु विजय सन्तोषी राई, जयन्द्र घिसिङ, चौविसे गाउपालिका वडा नं. ६ का वडाध्यक्ष रुद्र चेम्जोङ, नेपाल शिक्षक संघ धनकुटा नगरपालिकाका अध्यक्ष लक्ष्मी सापकोटा नेपाल शिक्षक संघ छथरजोरपाटी गाउँपालिकाका अध्यक्ष हरि दाहाल लगायतले शिक्षकहरुको पेशागत तथा भौतिक सुरक्षा हुनु पर्नेमा जोड दिए ।
सोही समारोहमा नेपाल शिक्षक संघ धनकुटाका पूर्वअध्यक्ष भूपदेव राईलाई लोकतान्त्रिक शिक्षक पुरस्कार प्रदान गरिएको थियो भने पाख्रिवास नगरपालिकाका मेयर ज्ञान वहादुर गुरुङ, चौविसे गाउपालिका वडा नं. ६ का वडाध्यक्ष रुद्र चेम्जोङ, नेपाल शिक्षक संघ महालक्ष्मीका पूर्वअध्यक्ष चकेन्द्र वस्नेत र पाख्रिवासका पूर्वअध्यक्ष सन्तोष खड्कालाई नेपाल शिक्षक संघ धनकुटाले सम्मान गरिएको थियो ।
नेपाल शिक्षक संघ धनकुटाका महिला उपाध्यक्ष शोभा वरालले स्वागत मन्तव्य, जिल्ला प्रतिनिधि सभामा जिल्ला सचिव रोहिणी पाण्डेले प्रगति प्रतिवेदन र अर्थ सचिव भोला भट्टराईले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सो जिल्ला प्रतिनिधि सभाले शिक्षकहरुको पेशागत तथा भौतिक सुरक्षा लगायत विभिन्न विभिन्न विषयहरुमा निर्णयहरु गरेको अध्यक्ष थिरेन्द्र वहादुर लिम्बुले बताए ।