धनकुटा । नेपाली कांग्रेस धनकुटाले विभिन्न क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचनमा विजयी भएका विद्यार्थीहरुलाई विशेष कार्यक्रमको आयोजना गरी बधाई तथा सफल कार्यकालको शुभकामना दिएको छ ।
धनकुटा वहुमुखी क्याम्पस, हिले क्याम्पस र जितपुर क्याम्पस लगायतका अन्य क्याम्पसहरुमा नेपाल विद्यार्थी संघको तर्फबाट विजयी भएका विद्यार्थीहरुलाई नेपाली कांग्रेसका जिल्ला सभापति दिनेश राई, सचिव विजय सन्तोषी राई, सहसचिव रोशन श्रेष्ठ, कोषाध्यक्ष सरस्वती मगर, जिल्ला सदस्यहरु अम्विका धमला, रुकमान तामाङ, प्रदेश सभा निर्वाचन क्षेत्र नं. २ का सभापति राजन पौडेल, महाधिवेशन प्रतिनिधिहरु खेम पौडेल, करुणा कटुवाल लगायतका कंग्रेसका नेताहरुले खादा माला टिका लगाई दिई बधाई ज्ञापन गर्दै सफल कार्यकालको लागी शुभकामना दिएका थिए ।
धनकुटा बहुमुखी क्याम्पसमा नेविसंघको तर्फबाट स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचनमा उपाध्यक्षमा सुवास भण्डारी, सचिवमा सुवास खनाल, सदस्यहरुमा मेलिना राई, अनिश भट्टराई, हिले क्याम्पसमा उपाध्यक्षमा उषा राई, सचिव रामकुमार लिम्बु, कोषाध्यक्ष अन्जनी कार्की र सदस्यहरुमा सुष्मा तामाङ, लेलिन अधिकारी र सदस्यमा रेजिना खाती र पाख्रिवास क्याम्पसमा उपसभापति दिपकला राई निर्विरोध निर्वाचित भएका थिए ।
यसैगरी धनकुटाको जितपुर क्याम्पसमा नेविसंघको तर्फबाट स्ववियू निर्वाचनमा अध्यक्षमा निरुता खड्का र सदस्यहरुमा समिक्षा श्रेष्ठ, विनिता मगर र शर्मिला धमला र भाषा क्याम्पसमा सचिवमा विपिन घिमिरे, सहसचिवमा दिपेश कार्की र सदस्यहरुमा अरुणप्रसाद जमरकटेल, सुरक्षा घिमिरे, युवराज हमाल निर्विरोध निर्वाचित भएका थिए ।