धनकुटा । हालै राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख राजनीतिक सल्लाहकार नियुक्त भएका पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता सुनीलबहादुर थापालाई नेपाली कांग्रेस धनकुटाले बधाई ज्ञापन गरेकाे छ ।
नेपाली कांग्रेसका केन्द्रिय कार्य सम्पादन समितिका सदस्य समेत रहेका थापालाई नेपाली कांग्रेस धनकुटा सभापति दिनेश राई, उपसभापति निर्मल ओझा, सचिव विजय सन्तोषी राई, पूर्वमहासमिति सदस्य असित नर सिंह थापा, विद्यार्थी नेता बिर्मशमान अमात्यले भेटघाट गरी खादा माला लगाई दिई बधाई ज्ञापन गरेका हन् ।
नेपाली कांग्रेस धनकुटाको टोलीसँग आज भेटघाट गरी बधाई ग्रहण गर्दै राष्ट्रपतिका नवनियूक्त प्रमुख राजनीतिक सल्लाहकार पूर्वमन्त्री थापाले धनकुटाको विकासर र समृद्धिका लागी सधै निरन्तर लागी रहने वताएका जिल्ला सभापति दिनेश राईले वताए ।
सो अवसरमा धनकुटाको छोरो राष्ट्रपतिको सल्लाहकारमा नियुक्ति हुनु धनकुटाको ठूलो गौरव अनि धनकुटाका लागी ठूलो अवसरका साथ सम्मान भएको जिल्ला सचिव विजय सन्तोषी राईले बताए ।