धनकुटा । पूर्वमन्त्री तथा राष्ट्रपतिका प्रमुख राजनैतिक सल्लाहकार सुनिलबहादुर थापाको पहलमा धनकुटा अस्पताललाई पाँच थान डायलासिस उपकरण स्वास्थ्य मन्त्रालय र स्वास्थ्य विभागबाट उपलब्ध भएको छ ।
पूर्व मन्त्री तथा राष्टपतिका प्रमुख राजनैतिक सल्लाहकार सुनिल वहादुर थापाले गत संसदिय निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार भएको वखत डायलासिस मेसिन धनकुटा अस्पतालमा ल्याउन पहल गरी डायलासिस सेवा शुरु गर्ने प्रतिवद्धता गरे अनुरुप उहाको पहलमा धनकुटा अस्पतालर्मा पाच थान डायलासिस उपकरण स्वास्थ्य मन्त्रालय र स्वास्थ्य विभागबाट उपलब्ध भएकोम नेपाली कांग्रेस धनकुटाले धन्यवाद ज्ञापन गरेको छ ।
नेपाली कांग्रेस धनकुटा जिल्लाका सभापति दिनेश राई, जिल्ला सचिव विजय सन्तोषी राई, पाख्रिवास नगरपालिकाका मेयर ज्ञान वहादुर गुरुङ्ग, महालक्ष्मी नगरपालिकाका मेयर ध्रुवराज राय, पूर्वमहासमिति सदस्य असित नारायण सिंह थापा, यूवा नेता मदन घिमिरे, विद्यार्थी नेता बिर्मशमान अमात्य लगायतले डायलासिस मेसिन ल्याउन महत्वपूर्ण पहल गरी धनकुटा अस्पतालमा ल्याउन सफल हुनु भएकोमा पूर्व मन्त्री सुनिल वहादुर थाालाई धन्यवाद दिए ।
सो अवसरमा पूर्व मन्त्री तथा राष्टपपिका प्रमुख राजनैतिक सल्लाहकार सुनिल वहादुर थापाले अव धनकुटा अस्पतालमा चाडैनै डायलासिस सेवा संचालन गर्नका लागी आवाश्यक थप जनशक्तिका लागी पनि पहल भइरहेको वताए ।
धनकुटा अस्पतालमा प्राप्त डायलासिस मेसिन बाट डायलासिस सेवा संचालन गर्नका लागी स्वास्थ्यकर्मी तालिम लिएर आईसकेकोले सेवा संचालन गर्न आवाश्यक तयारी भइरहेकाे अव चाडै डायलिसस सेवा धनकुटा अस्पतालबाट शुरु गर्ने तयारी भइरहेको धनकुटा अस्पतालका प्रमुख डा.अभिताप ठाकुरले वताए ।
यसैगरी पूर्व मन्त्री तथा राष्ट्रपतिका प्रमुख राजनैतिक सल्लाहकार सुनिलबहादुर थापाले पनि आफ्नो पहलमा धनकुटा अस्पताललाई पाँच थान डायलासिस उपकरण स्वास्थ्य मन्त्रालय र स्वास्थ्य विभागबाट उपलब्ध भएकोमा स्वास्थ्य मन्त्रालय र स्वास्थ्य विभागलाई धन्यवाद दिएका छन् ।
धनकुटा जिल्लाका अलवा पूर्व पहाडी जिल्लाहरु तेह्रथुम, संखुवासभा, भोजपुर, ताप्लेजुङ्ग, पाँचथर लगायतका जिल्लाका डायलासिस गर्नु पर्ने विरामीहरुलाई धनकुटामा डायलासिस गर्न धेरै सुविधा र सहज हुने नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राईले वताए ।