धनकुटा । किरात याक्खा छुम्मा धनकुटाकाे अध्यक्षमा नरवहादुर तुम्बा निर्वाचित भएका छन् । वुधवार सम्पन्न चाैथो जिल्ला अधिवेशनले नरबहादुर तुम्बाको अध्यक्षतामा ११ सदस्यीय जिल्ला समिति गठन गरेको हो ।
नव गठित समितिको उपाध्यक्षमा जोगमाया लुम्बा, सचिवमा बुद्धिवहादुर याक्खा, सहसचिवमा अशोक कुमार याक्खा, कोषाध्यक्षमा पशुपति याक्खा, सदस्यहरुमा चुर्ण प्रसाद याक्खा, विमल याक्खा, सञ्चा याक्खा, रोशन जिमी, जय नारायण याक्खा र शान्ति याक्खा रहेका छन् ।
यसैगरी सल्लाहकार समितिमा अञ्जना ताम्ली, डम्बर रोगु, नगेन्द्र देवान, रत्न जिमी, जितमान जिमी, रुद्र तुम्बा, विगेन्द्र याक्खा, छत्र याक्खा र डा. मगना खाम्याहाङ्ग याक्खा रहेका छन्।
संविधान सभा सदस्य एवम् किरात याक्खा छुम्मा केन्द्रीय उपाध्यक्ष श्री अञ्जना ताम्लीले चार वटा मैनबत्ति प्रज्वलन गरेर अधिवेशनको उद्घाटन गरेकी थिइन् । कार्यक्रममा विशेष अतिथि किरात याक्खा छुम्माका केन्द्रीय सदस्य डम्बर रोगु अतिथिहरु किरात याक्खा छुम्मा जिल्ला समिति धनकुटाका सल्लाहकार एवम् छथर जोरपाटी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जितमान जिमी सल्लाहकार छत्र याक्खा डा मगना खाम्याहाङ्ग याक्खाले शुभकामना राखेका थिए ।
अधिवेशनमा धनकुटा अस्पतालमा अन्तरगत डेन्टल विभागमा कार्यरत डेन्टल सर्जन डा. मगना खाम्याहाङ्ग याक्खा र स्थायी शिक्षक सेवामा नियुक्त भएकी सञ्चा याक्खालाई दोसल्ला तथा सम्मान पत्रबाट सम्मान गरियो ।
किरात याक्खा छुम्मा जिल्ला समिति धनकुटाका सल्लाहकार रत्न जिमीले स्वागत मन्तव्य, किरात याक्खा छुम्मा जिल्ला समितिका अध्यक्ष नगेन्द्र देवानको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन कोषाध्यक्ष जोगमाया लुम्बाले गरेकी थिइन् ।