धनकुटा । महालक्ष्मी नगरपालिकामा एक बर्षसम्म नयाँ अभियान संचालन गर्ने निर्णय गर्दै महालक्ष्मी नगरको सम्मेलन सम्पन्न भएको छ । नेपाली कांग्रेस धनकुटाका जिल्ला सभापति दिनेश राईले महालक्ष्मी नगर सम्मेलनको उद्घाटन गर्दै नेपाली कांग्रेसले जनअपेक्षा अनुरुप अव पार्टीलाई रुपान्तरण गर्दै लाने वताए ।
पूर्वजिल्ला सभापति तथा नेपाली कांग्रेसका पूर्व आमन्त्रिक केन्द्रिय सदस्य मनोहरनारायण श्रेष्ठले नेपाली कांग्रेसले टोल समितिलाई क्रियाशिल बनाएर संगठन विस्तार गरे कांग्रेसलाई कसैले हराउन नसक्ने वताए ।
नेपाली कांग्रेस महालक्ष्मी नगर कार्य समितिका सभापति ध्रुवराज रायको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाली कांग्रेस धनकुटका पूर्वसभापति अग्नीप्रसाद पौडेल, जिल्ला सचिव विजय सन्तोषी राई, महाधिवेशन प्रतिनिधि खेमराज पौडेल, नेपाली कांग्रेस धनकुटाका जिल्ला सदस्य राजेन्द्र पौडेल, नेपाल महिला संघका पूर्वकेन्द्रिय सदस्य टिका भण्डारी, नेपाली कांग्रेस धनकुटाको प्रदेश क्षेत्रीय सदस्य पर्शु कार्की लगायतले कांग्रेसले अव नयाँ नीति र कार्यक्रमका साथ पार्टी संगठन विस्तार गर्नु पर्नेमा जोड दिए ।
क्षेत्रीय सम्मेलनमा स्वागत मन्तव्य महालक्ष्मी नगरकार्य समितिका उपसभापति गोपालचन्द्र पौडेलले र कार्यक्रमको संचालन सचिव कृष्ण केसीले गरेका थिए । कार्यक्रममा नेपाली कांग्रेसका प्रदेश कार्य समितिका सदस्य शिव विक, नेपाली काग्रेस धनकुटका जिल्ला सदस्य तुलसी लुम्बा, दरथ लुम्बा, जीतवहादुर कुँवर, पूर्वजिल्ला सदस्य ईन्द्र कुवर, क्षेत्रीय सदस्य हिमा कार्की, कृष्ण पाचँकोटी, हरि सुवेदी, वडा नं. ५ का वडाध्यक्ष सन्तबहादुर कुँवर, नगर उपसभापति नरेन तुम्वा, नेपाली कांग्रेसका महालक्ष्मीका वडा नं.२ का सभापति भेषराज पौडेल, ३ का सभापति चिरञ्जीवि कोङरेन, वडा नं. ४ का सभापति तेजकुमार श्रेष्ठ, वडा नंं ७ का सभापतीि तथा वडाध्यक्ष नेत्र अधिकारी, क्षेत्रीय प्रतिनिधि भोगेन्द्र कार्की, तिलक सुवेदी, सोभित काफ्ले लगायतले कांग्रेसमा गुटउपगुटलाई समाप्त गरी एकताका साथ अगाडी कढ्नु पर्नेमा जोड दिए ।
धनकुटा जिल्ला महालक्ष्मी नगर कांग्रेसको सम्मेलनमा सभापती ध्रुबराज रायाले प्रस्तुत गरेका राजनैतिक प्रतिवेदन, आर्थिक प्रतिवेदन र भावी कार्यक्रम र सचिव कृष्ण केशीले प्रस्तुत गरेका राजनैतिक प्रतिवेदन छलफल गरी पास गरेको थियो