
१. विषय प्रवेश
नेपालको संविधान २०७२ को संबैधानिक ब्यबस्था अनुरुप मुलुक सङ्घीयतामा प्रवेश गर्यो र ७ वटा प्रदेशहरूबन्यो१ नं. प्रदेशकोबाकी रहेको नामाङ्कन दोस्रो कार्यकालकोप्रदेश सभाले गत २०७९ फागुन १७ गते प्रदेशको कोशी राखे पछि १नं. प्रदेश अहिले आक्रान्त आन्दोलनमय बनेको छ । लामो छलफल बहसपछिनामाङ्कन, राजधानी र प्रदेश सीमाको बारेमा ६ वटा प्रदेशलेटुङ्गोलगाईसक्दा पनि बाकी रहेको १ नं. प्रदेशले नामाङ्कन गर्न बाकी थियो । यसको कारण पहिचानको सन्दर्भमा राज्यकोपुनःसंरचना, प्रदेशहरूको नामाङ्कन हुनपर्छ भन्ने मुद्दा थियो । प्रदेशहरूको नामाङ्कन गर्दाजहाँ जुन जातिको ऐतिहासिक पृष्ठभूमि, सभ्यता सवल र सर्वप्राचीन हुन्छ त्यहाँ त्यहींआधारमा नामाङ्कन गर्नु वस्तुवादी हुन्छ । यसलाई अर्को भाषामा पहिचानमा आधारितनाम पनि भनिन्छ किनकि तमाम जाति उत्पीडित वर्गको भावना र राष्ट्रियता पनियहीं हुन्छ । सङ्घीयताको उठान नै सम्पूर्ण जातिहरूको वर्गसङ्घर्ष र जातीय उन्मुक्तिकोसवालसँग जोडिएको हो,यसकारण किरात लगायतका पहिचानी नामहरू प्रदेशको नाम अघि सारिएको थियो,प्रस्तुत लेखमाअहिलेसम्म भएको पहिचानी आन्दोलन र अबको बाटो कता हो भन्नेबिषय केन्द्रितभईसबबिस्तार ब्याख्या गर्न खोजिएको छ ।
सामान्य अर्थमा पहिचानलाई चिनारी वा परिचय भन्ने बुझिन्छ । पहिचानभनेको वस्तुवा जातिको गुण वा दोष पहिल्याउने कार्य पनि हो । कुनै जाति वा समुदायको बिरानोबन्दै गएको ऐतिहासिक परिचयलाई पुर्नजीवित गर्ने प्रक्रिया नै पहिचानवादी आन्दोलन हो। इतिहास सिद्ध तथ्य के हो भने आजसम्म नेपालमा जे जति पहिचानवादी आन्दोलनहरूभए यद्यपि पहिचानको मुद्दा पेचिलो हुँदाहुँदै पनि शिथिल बन्दै गएको छ । पहिचानकोविषयमा विमर्श चलाउँदा सर्वप्रथम मानव समाज विकासको ऐतिहासिक पृष्ठभूमिसम्मपुग्नुपर्ने हुन्छ । समाज विकासबारे विभिन्न दृष्टिकोणहरू मध्ये समाज तथा मानवशास्त्रीयदृष्टिकोण र साम्यवादी विचारधारा रहेका छन् । नेपाली समाज रसंस्कृतिको बिकासमा समाज विकासको क्रमलाई हेर्दा विभिन्नचरणहरूमा प्रस्तुत गर्न सकिन्छ ।
२.मानबसमाज विकासको ऐतिहासिक चरणहरू
आदिम साम्यवादी युग:शिकारी तथा कन्दमुलमा आश्रितसमाज आदिम साम्यवादी युग हो । यो समाजकुनै पनि वर्ग, जाति, धर्म् र राष्ट्रविहीन मानव श्रृष्टिको आरम्भ काल हो । यस युगमासबै मानवहरू समान थिए ।
दासयुग :यस युगमा मालिक र दासबिच अन्तर बिरोधको युग हो । यस युगमा बिस्तारबिस्तारै बलियाहरूले कमजोरहरू माथि शासन गर्न थाले । यही युगबाट समाजकामानिसहरूबिच अन्तर्विरोध र विभेदको आरम्भ हुन थाल्यो ।
सामन्तवादी युग:सामन्तवादी युग कृषि युगको आरम्भ हो । यस युगमा भूदास र भूमिपतिबिचअन्तर्विरोध रहेको हुन्छ । यस युगबाट पशुपालनको प्रारम्भ, महिला र पुरुषबिच श्रमविभाजनका साथै भूमिको वर्गीकरण र स्वामित्वमा निजीकरणतर्फ उन्मुख हुन थाल्छ ।
पूँजिवादी युग:पूँजीवादी युग औद्योगिक समाज हो । यस युगमा विशेषतः पूँजिपति र मजदुरवर्गबिच अन्तर्विरोध हुन्छ । यस युगको मूल चरित्र साम्राज्यवादबाट उपनिवेशवाद हुँदैनवउपनिवेशवाद, भू-मण्डलीकरण, निजीकरण र उदारीकरण अर्थतन्त्र विकास हुने गर्दछ।
समाजवाद यूग:समाजवादी युगमा उत्पीडित वर्गको अधिनायकत्व रहेको हुन्छ । यस युगमा सबैमानव समान हुन्छन र यस युगको अन्त्यपछि पुनः साम्यवादी युग अर्थातवर्गविहीनयुगमा नै मानव समाज पुनरागमन हुन्छन् भन्ने सिद्धान्त रहेको छ, जहाँ प्रकृति रमानवबिच मात्र अन्तर्विरोध हुने गर्दछ (बैद्य,२०७३, पृ. २३) ।
२.१. वर्तमान नेपाली समाजकोअबस्था
वर्तमानमा नेपाली समाजको सामाजिक /आर्थिक/ सांस्कृतिकअबस्थाअवस्था पूँजिवादी चरित्रतर्फ उन्मुख रहेको छ । यसले समग्र समाजको सर्वाङ्गीण हित रसमान स्वार्थ कायम गर्ने उद्देश्य राखेको हुन्छ यद्यपि नेपाली सामाजिक आर्थिक अवस्थाभू-मण्डलीकरणको अतिक्रमणसँगै कतिपय समुदायहरू लोप हुने अवस्थामा छन् । यसराष्ट्रका विशेषतः आदिवासी जनजाति, अल्पसङ्ख्यक र सीमान्तकृत समुदायहरू लोप हुँदैगएको पाइन्छ । राज्यको मूल कार्य राजनैतिक, आर्थिक, सामाजिक, धार्मिक, सांस्कृतिकतथा परम्परागत मूल्य मान्यताहरूको संरक्षण, संवर्धन र विकास गर्नु हो यद्यपि उनीहरूकामौलिक पहिचानहरू क्रमशः कछुवाको गतिमा तहसनहस बन्दै गइरहेको छ । यसैको परिणामस्वरूप किरात पहिचानको रक्षार्थ आज यस देशका आदिमवासीहरू आन्दोलित छन् रकिरात पहिचानका लागि फरक फरक आयाममा पहिचानबादीहरूराज्य सत्तासँग आन्दोलनरत छन् ।
३. नेपालमा पहिचानी आन्दोलन
पहिचानवादी आन्दोलनको प्रारम्भ सन् १९७० को दशकबाट भएको देखिन्छ ।नेपालको सन्दर्भमा पहिचानको लागि लामो समयदेखि आन्दोनलनहरू हुँदै आएको पाइन्छ। यी आन्दोलनहरू कहिले राजनीतिक, कहिले भाषिक र कहिले सांस्कृतिक आयाममाभएका छन्जसलाई बुदागत रुपमा तपसिल प्रस्तुत गरिएको छ ।
पहिचानका लागिभएको आन्दोलनहरू
३.१. काठमाडौं उपत्यकामा किरात शासनको अन्त्य पश्चातआफ्नोगुमेको राज्य फर्काउनुवल्लो किरात चौकोट (धुलिखेल) का राजामहेन्द्रसिं राय र उनैका भाइ नामसिङले वि. सं १८२० मा पृथ्वीनारायण शाहसँग करीब ६ महिनासम्म युद्ध लडे ।छलकपटपूर्ण आक्रमण गरिएको सो युद्धमा वल्लो किरातको हार भयो । उनीहरूलेराजनैतिक पहिचानलाई गुमाउनु पर्यो (श्रेष्ठ, २०५२ पृ.७८ ) ।
३.२. वि. सं १८२५-३१ सम्ममा तत्कालीन पृथ्वीनारायण शाहले ५२ वटा गणराज्यहरूलाईसशस्त्र आक्रमण गर्दै वर्तमान नेपालको सीमा रेखा कोरे । तत्कालीन किरात प्रदेशमामकवानपुर, चौदण्डी र विजयपुर गणराज्यहरू थिए । माझ किरातका गढीहरूमुक्ली, तलुवा, चिसङ्खु, खाम्तेल, मझुवा, केपिलास, सतेवार, पामाखाम, कटुन्जे
भोजपुर, रावाकोट, डुम्रे, हतुवा र पल्लो किरातमा आठ लिम्बूवान प्रान्तहरूमा विभाजनभई याक र थुमहरू थिए । सबै गढीहरूमाससस्त्र युद्द भयो र किरातहरूपराजित भए पछिल्लो समयमा हिन्दूकृत गरिएका यी गढी, कोटघर रकिल्लाहरूलाई ऐतिहासिक पुरातात्विक साक्षीको रूपमा पाउन सकिन्छ (चेम्जोङ, १९४८, पृ. ३२) ।
३.३. वि.सं १८३० मा माझ किरात बासीहरूले प्रतियुद्ध लडे । यस युद्धबाट माझ किरातकासबै गढीहरू गुमाउनु पर्यो । पृथ्वीनारायण शाहका सेनाहरूले बालबच्चा, बुढाबुढी,महिला र सुत्केरी कोही छाडेनन् । उनीहरूले सबैको नरसंहार गरे । यो युद्धतत्कालीन हरिनन्द पोखरेलको विशेष सहयोगमा भएको थियो । उनले पृथ्वीनारायणशाहलाई युद्धका लागि कम्पनी पैसा, गोर्खाली फौजलाई बन्दुक र गोलीसमेत सहयोगगरेका थिए (श्रेष्ठ, २०५२ पृ. ८८) ।
३.४. वि. सं १८३१ मा पल्लो किरातको सभाखोला र अरुण दोभानमा गोर्खाली सेना र किरातकमान्डर काङ्सोरेको नेतृत्वमा युद्ध भयो । त्यस युद्धमा गोर्खाली सेना परास्त भयो। पुनः वि. सं १८३१ साउन २२ विजयपुरमा नुनपानीको सन्धी गरे तर यो सन्धिमासबै सहमत थिएन त्यसैले गुमेको पहिचान प्राप्तिका लागि लागि बिद्रोहको आवाजहरूउठिरह्यो (श्रेष्ठ, २०५२, पृ. १३२) । तत्कालीन विजयपुरगढीका राजा बुद्धिकर्णले इष्ट इन्डिया कम्पनीकोक्षेत्रमा र मिकलुक पहाडमा बसेर पनि कयौंपटक गोर्खालीसँग युद्ध लडे ।
३.५. वि. सं १८४८ मा गोर्खाली सेनाले सिक्किमको सहयोग लिएर सङ्खुवासभाको सिद्धिपुरमाअन्तिम युद्ध लडे । गोर्खाली सेनाले केही लिम्बूलाई हात लिइसकेका हुनाले लिम्बूहरूबिचमा नै काट्मार भयो । लिम्बूहरूबिच भएको आन्तरिक द्वन्द्वले गोर्खाली सेनालाईभाइ फुटे गवार लुटे भने झैं भयो । यस युद्धपछि पल्लो किरातले पनि गोर्खाली
अधिनस्त स्वीकार गरे । यो नै किरातहरू र गोर्खाली सेनाबिचको अन्तिम युद्ध थियो (चेम्जोङ, १९४८, पृ. ३८)।
३.६. बि. सं १८६४ मा अटलसिङ रायले माझ किरातमा स्वपहिचानको माग राख्दै गोर्खालीफौजको बिरुद्ध सशस्त्र हतियार उठाएर बिद्रोह गरे । उनले गुमेको किरात विरासतको निरन्तरता कायम गर्न युद्धको बिगुल फुके । यद्यपि क्रान्ति अपुरो भएकालेउनी भारतको बिहारमा निर्वासित जीवन बिताउन बाध्य भए (चेम्जोङ, १९४८, पृ. ३८) ।
३.७. वि. सं १९०३ को कोतपर्वबाट उदाएका जङ्गबहादुरले हिन्दू धर्म र संस्कृतिलाई अस्त्रकोरूपमा प्रयोग गर्दै वि. सं १९१० मा मुलुकी ऐन जारी गरे । यस कानुनले किरातहरूकोसांस्कृतिक परम्परामाथि हमला गर्यो । किरातहरूले पितृहरूलाई अर्पण गर्दै आएकागाईगोरुको मासुलाई निषेध गर्यो । यस कानुनले नेपालका आदिवासीहरू राई, भोटे,तामाङ, सेर्पा र मुस्लिमहरूका सांस्कृतिक खाद्यवस्तु गाईगोरुमाथि हस्तक्षेप भयो(चेम्जोङ, १९४८, पृ. ३९) ।
३.८. वि. सं १९२४ धनकुटामा रामलिहाङ आठपरिया राई र रिदामा आठपरिया राईले दशैं बहिष्कारको आन्दोलनगरे । यस आन्दोलनको परिणाम स्वरूप उनीहरूलाईतत्कालीन शासक राणाले छाला काढेर चुलीबनको रुखमा झुन्ड्याई तीन दिनसम्म यातना दिईहत्या गरे । उनीहरू सांस्कृतिक सहिदको रुपमा स्थापितगर्नु न्यायचित हुनेछ ।
३.९. वि. सं २००७ सालको राणा शासन विरुद्धको जनक्रान्ति जननायक रामप्रसाद राई रनारदमुनी थुलुङको नेतृत्वमा मुक्तिसेना गठन गरी माझ किरातमाशसस्त्र युद्ध गरे । उनीहरूका यसयुद्धले भोजपुर कब्जा गरी क्रमशः धनकुटा, दिक्तेल, ओखलढुङ्गा, चरिकोट, रामेछाप,सिन्धुली र धृलिखेल आदि ठाउँहरूमा विजय गर्यो । यसरी यी भूभागहरूबाट राणाशासकलाई पराजित गरी समानान्तर सरकार गठन गरी २००८ सालमा केन्द्रीयसरकारलाई हस्तान्तरण गरे । यो युद्ध मूलरूपमा किरात स्वतन्त्रताको लागि लडिएकोथियो । यस युद्धमा नयनध्वज राई र कीर्तिमान राई लगायत सयौँ किरात योद्धाहरूलेवीरगति पाए (चेम्जोङ, १९४८, पृ. ३२)।
३.१०. वि. सं २००७ सालमा जिबी याक्थुङवा, बिबी चेम्जोङ, ललितबहादुर तुम्बाहाम्फे,डगलसिं थेगिम र गुन्जमान सुब्बा आदि हस्तीहरू कांग्रेसमा प्रवेश गरी राणाहरूकोअड्डा धनकुटा कब्जा गरे । तर २००७ को क्रान्तिले किपट भूमि फिर्ता दिन सकेन ।
३.११. वि. सं २००८ सालमा जननायक रामप्रसाद राईको नेतृत्वमा सिंहदरवार विद्रोह भयोर उनले २४ घण्टासम्म राज्यसत्ता नियन्त्रणमा लिए । उनले अति छोटो समय नेपालकोसरकारको नाम किरात राखेका थिए । उनले तत्कालीन दिल्ली सम्झौताको विरोधगर्दै सच्चा प्रजातन्त्र जनमुक्ति सेनाहरूलाई राष्ट्रिय सेनामा समाहित गर्नुपर्ने, स्वायत्तराज्य अर्थात किरात स्टेट माग गरेका थिए । जननायक राम प्रसाद राईको अवस्थाअहिलेसम्म रहस्यको गर्भ भित्र नै रहेको छ । उनको अवस्थाका बारेमा सार्बजानिकगर्नु कानुनी राज्यको दायित्व पनि हो (याक्खाराई, २०५५, पृ.७३ ) ।
३.१२. वि. सं २००८ मा तिलबहादुर लोकसम लिम्बूको नेतृत्वमा अखिल नेपाल किरात लिगस्थापना गरी किरात लिग प्रान्त घोषणाको लागि तत्कालीन राजा त्रिभुवन सरकारमामाग गरेका थिए । यस मागमा पल्लो किरात, माझ किरात र वल्लो किरात रहेकोथियो (श्रेष्ठ, २०५२ पृ. ९०) ।
३.१३. वि. सं २०२१ सालमा राजा महेन्द्रले किपट उन्मूलनलाई पूर्णता दिने उद्देश्यले भूमिसुधार ऐन लागू गरे । पल्लो किरातमा किपट र माझ किरातमा बिर्ता प्रथाको बिरुद्धठाउँ ठाँउमा विद्रोह भयो । किरातहरूका ओरालो लागेको मृगलाई बाछाले पनिलखेट्छ भने झैं एकपछि अर्को अधिकारहरू खोसिदै लागियो । यद्यपि भूमि सुधार ऐनबिरुद्द बिद्रोह वल्लो किरात, माझ किरात र पल्लो किरात किरातमा उठी नै रह्यो (याक्खाराई, २०५५, पृ.६७ ) ।
३.१४. वि. सं. २०३६ सालमा सम्पन्न जनमत सङ्ग्रहपछि मात्र जातीय पहिचानको आन्दोलनसंस्थागत रूपमा विकास भएको देखिन्छ । नेवारी समुदायले भिन्तुना (नयाँ वर्ष)अभियान, जनजाति नेताहरूले मङ्गोलसँग साझा मोर्चा गठन गरे । यी सङ्गठनहरूसँगैसेतामगुराली (सेर्पा, तामाङ, मगर, गुरुङ, राई र लिम्बू) को नामले आन्दोलन भएको
देखिन्छ (किरात, २०६८, पृ. २८)।
३.१५ वि.सं. २०४६ सालमा जनआन्दोलनबाट प्रजातन्त्रको पुर्नस्थापना भयो । यसजनआन्दोलनले नेपाललाई बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक देशको रूपमाअङ्गिकार गर्यो । सङ्घसंस्थाहरू खोल्ने अधिकार प्राप्त भयो । परिणामतः किरातअधिकारका संस्थाहरू यायोक्खा, याक्थुम चुम्लुङ, याक्खा छुम्मा र सुनवार सेवा जस्ता
सामाजिक सांस्कृतिक संस्था जन्मिए । यसैको परिणाम स्वरूप यस संस्थाले विसं२०४८ मा नेपाल आदिबासी जनजाति महासङ्घको स्थापना भयो र आनो भाषा,धर्म, लिपि, संस्कार, संस्कृति, सामाजिक र राजनीतिक विषयहरूमा हक, अधिकारस्थापनाको लागि सडकदेखि सदनसम्म बुलन्द आवाज उठाउँदै आएका छन् ।
३.१६. विसं २०५८ सालमा संवैधानिक व्यवस्था अनुसार आदिबासी जनजाति उत्थान राष्ट्रियप्रतिष्ठान ऐन बन्यो र नेपालका ५९ जातिहरू आदिबासी जनजाति हुन् भनी सूचिकृतगर्यो (किरात, २०६८, पृ. २८)। प्रथम पटक राज्यले र केही मात्रामा बजेट विनियोजन गर्यो तर यो बजेटहात्तीको मुखमा जिरा भने झैं भयो । आदिवासी जनजातिका तमाम समस्याहरू यथावत्रहेका छन् ।
३.१७. विसं २०५४ सालमा रामप्रसाद राईको अपुरो क्रान्तिलाई पूरा गर्न गोपाल खम्बूकोनेतृत्वमा खम्बुवान राष्ट्रिय मोर्चा गठन गरी माझ किरातमा हतियार नै उठाएर सशस्त्रबिद्रोह भयो । किरातहरूले न्यायपूर्ण मागको आवाज उठाउँदै क्रान्तिलाई निरन्तरतादिएका छन् ।
३.१८. विसं २०५८ सालमा पुनःखम्बुवान राष्ट्रिय मुक्ति मोर्चाका गोपाल खम्बू र लिम्बुवानमुक्ति मोर्चाका भक्तराज कङ्दङ्वाको नेतृत्वमा साझा पहिचानको मुद्दा बनाउँदै मोर्चाएकता गरी किरात राष्ट्रिय मुक्ति मोर्चा घोषणा गर्दै तत्कालीन माओवादी पार्टीमासमाहित भयो र किरात स्वायत्त राज्यको माग सहितको मुदा उठायो । पुनः वि.सं२०५९ सालमा गोपाल किरातीको नेतृत्वमा किरात वर्कस् पार्टी गठन भयो र निरन्तरक्रान्ति भयो (गोपालकिराती, २०७८, अन्तरबार्ता) ।नेपालमा पहिचानी आन्दोलन वि. सं. १८२० देखि वर्तमानसम्म पनि आफ्नो थातथलोभूमि, भाषा, संस्कृति,परम्परा, सभ्यता आदि पहिचानको पुन:स्थापनाको लागि राजनैतिक/ भाषिक/ सांस्कृतिक स्वतन्त्रताको मागउठाउँदै आएका छन् । यी मागहरूका स्वरूप विभिन्न आयाममा देखिएका छन् ।
४. किरातजन्य संघ/संस्थाहरूको पहिचानीआन्दोलन
नेपालको संविधान २०७२ सँगै मुलुक सङ्घीयतामा प्रवेश गर्यो । प्रदेशहरूकोनामाङ्कन र प्रदेश सीमाको बारेमा बहस भयो । पहिचानको सन्दर्भमा राज्यकोपुनःसंरचना, प्रदेशहरूको नामाङ्कन महत्वपूर्ण विषय हो । प्रदेशहरूको नामाङ्कन गर्दाजहाँ जुन जातिको ऐतिहासिक पृष्ठभूमि, सभ्यता सवल र सर्वप्राचीन हुन्छ त्यहाँ त्यहींआधारमा नामाङ्कन गर्नु वस्तुवादी हुन्छ । यसलाई अर्को भाषामा पहिचानमा आधारितनाम पनि भनिन्छ किनकि तमाम जाति उत्पीडित वर्गको भावना र राष्ट्रियता पनियहीं हुन्छ । सङ्घीयताको उठान नै सम्पूर्ण जातिहरूको वर्गसङ्घर्ष र जातीय उन्मुक्तिकोसवालसँग जोडिएको हुन्छ यसकारण किरात लगायतका पहिचानी नामहरू प्रदेशको
नामाकारणको मुद्दा बन्यो । किरातजन्य संघ संस्थाहरू बिशेष गरी किरात राई यायोक्खा, किरातयाक्थुम चुम्लुङ लगायतले किरात पहिचान प्राप्तिका लागि सङ्घर्षका आवाजहरू डेढदशकदेखि निरन्तर उठाउँदै आइरहेको छ र अनन्त कालसम्म उठिरहने छ । किरात राईयायोक्खाले पहिचानको मुद्दा स्थापना काल विसं २०४७ सालदेखि नै उठाउँदै आएकोपाइन्छ । पहिचानमा आधारित किरात नामाकरणको विषय किरायाको छैंटौँ महाधिवेशनदमक झापा विसं २०६३ बाट पहिलो पटक पास गर्यो र क्रमशः सातौँ महाधिवेनशवि.सं २०६६ धरान, आठौँ महाधिवेशन विसं २०६९ भोजपुर, नवाँ महाधिवेशन विसं २०७२काठमाडौँ र त्यसैगरी दशौँ महाधिवेशन विसं २०७५ धरान, २०७९ काठमाडौंमा सम्पन्न गरी एक मतलेपास गर्दै आइरहेको छ (दिवसराई, २०७९, अन्तरबार्ता) ।
५.सर्बप्राचीनकिरात सभ्यता
किरात सभ्यता: किरात सर्बप्राचीन सभ्यता हो, सभ्यता कुनै पनि समुदायको निहित हुदैन र निरपेक्ष पनि हुदैन यो गतिशील हुन्छ निरन्तर बिकास हुन्छ सभ्यताको गर्भबाट त्यहाको माटो सुहादो राजनीति, सांस्कृतिक जीवन, आर्थिक जीवन, सामाजिक न्याय आदि कयौ सामाजिक संरचनाको निर्माण हुने गर्दछ । इहिहासकार दिनेशराज पन्त(बि.सं.२०७४ ) अनुसार विश्वमा अहिले मानब समाज र संस्कृतिको बिकासमालाई हेर्ने हो भने धेरै वटा सभ्यताहरूबाट हुर्केको देखिन्छ जस्तै:सुमेरियन, मिश्र, असिरियन, इजिरियन, हित्ती, मितानी, सेमेटिक यहुदी, प्राचीन चिनियाँ र सिन्धुघाँटी आदि सभ्यताहरू हुन्, यी सभ्यताहरूको शाखा, उपशाखा हुदै नेपालमा बिकास भएको किरात सभ्यता हो । त्यसैगरी मुन्दुम अध्येयता भोगीराज चाम्लिङका अनुसार मानब जातिको समाज बिकास र सामाजिक सांस्कृतिक संठनको बिकसित अबस्था सभ्यता हो, खास भू-क्षेत्रको संस्कृति, जीवन शैलीका साथै आधुनिक शहरिया जीवन शैली अनि सभ्यता हो । त्यसैगरी नेपाली बृहत शब्दकोश अनुसार सभ्यता कुनै जाति वा राष्ट्रको सामाजिक, भौतिक र अध्यात्मिक अबस्था र उन्नति प्रगतिको सम्पूर्ण प्रतिबिम्ब हो भनी परिभाषा गरेको पाइन्छ । वास्तबमा सभ्यता सांस्कृतिक परम्परा बहु आयामिक हुन्छ । यसमा लेखन कलाको बिकास, धार्मिक तथा संस्कारजन्य जीवनको बिकास हुन्छ त्यही भएर युगौदेखि मान्दै आएको संस्कृतिहरूमा भौतिक र अध्यात्मिक दुवै बिषयहरू छन् । समाज बिकास, सांस्कृतिक संगठन, जीवन शैली, जीवन दर्शन किरात सभ्यतामा पाइन्छ । त्यसैगरी किरात इतिहास हो । गोपालराज बंशावालीकाअनुसार नेपालमा गोपाल बंशी, महिषपालबंशी, किरात बंशी रलिच्छबि बंशी गरी४ वटाबंशीहरू राज्य गरेका थिए जसमध्ये सबभन्दा धेरै किरात शासननबधि जम्मा शासनावधि १९६३ वर्ष ८ महिना भएका इतिहासमा उल्लेख छ । त्यसैगरी किरातलाई भूगोल हो भूगोल (तत्कालीन वल्लो किरात, माझ किरात र पल्लो किरात र यस क्षेत्रमा भएका प्रसिद्ध गढीहरु चौदण्डी, हतुवा, विजयपुर, सागुरी, मझुवा आदि मा केन्द्रित थिए जुन बि.सं. १८३०/३१को भौगोलिक आक्रमणसम्म पनि अस्तित्वमा थियो (याक्खाराई, २०५५, पृ.७९ )।किरात सभ्यताको मौलिकसंस्कृतिहरू अनेक छन्, साकेलासिली,चासोकतङनाम, स्यादर, चासुवाआदिहुन्। किरात सभ्यताको सांस्कृतिक दर्शनमा प्रकृतिवाद र पित्रवाद पाउन सकिन्छ । आदिम यूगको समाज र संस्कृति, कृषि यूगको समाज र संस्कृति, औधोगिक यूगको समाज र संस्कृति, सांस्कृतिकपर्यावरणीय गहिरोज्ञान, विभेद रहित समाजको कुरा मुन्दुमले निर्देशन गरेको छ । उपत्यका युद्धमा किरात पराजित भएपछि यलाखोमपूर्वी भू-भागमा किरात शासन कायम नै रहेको थियो । यलाखोमबाट पराजित भएपछिकिरातहरूले वल्लो किरात, माझ किरात र पल्लो किरात प्रदेशमा शासन गरेका थिए। त्यसैले किरात सर्बप्राचीनसभ्यता, मनोविज्ञान, संस्कृति आदि बहुआयामिक अर्थमाबुझ्नु सकिन्छ (याक्खाराई, २०५५, पृ.७४ ) ।
६.किरात प्रदेश नामाङ्कनका लागि विभिन्न अभियान
किरात प्रदेश नामाङ्कनका लागि विभिन्न अभियान सञ्चालन हुँदै आएकोदेखिन्छ । १ नं. प्रदेशलाई किरात प्रदेश नामाकरण गर्न जनमतका लागि २५ लाखहताक्षर बुझाउँने अभियान सम्म्पन्न भयो । १ नं. प्रदेश सभाका सम्पूर्ण माननीयसांसदहरूलाई एकै ठाउँमा राखेर किरात नामाकरणको लागि सृजनात्मक कार्यक्रमसम्म्पन्न भयो । १ नं. प्रदेश लगायत अन्य प्रदेशहरूमा पनि विशाल मोटरसाइकलयालीको प्रदर्शन गरियो । यी कार्यक्रमहरू १ नं. प्रदेशका राजधानी बिराटनगर र बानेश्वरकाठमाडौँ आदि स्थानहरूमा कार्यक्रम् सम्म्पन्न भयो । विभिन्न प्राज्ञिक व्यतित्वहरू, विभिन्नराजनैतिक पार्टीका प्रभावशाली नेताहरू, सङ्घीय सांसद, प्रदेश सभाका सांसद सदस्यहरूर जातीयसंस्थाहरूसँग बौद्धिक बहस र छलफल निरन्तर हुँदै आएको छ । किरात राईसांस्कृतिक कलाकार सङ्घबाट देशब्यापि रूपमा किरात प्रदेश स्थापनाका लागि बृहतसाङ्गितिक कार्यक्रम सम्म्पन्न हुँदै आएको छ ।
७. सङ्घीयताको बैज्ञानिकआधारहरू
१ नं. प्रदेशको नाम किरात नै किन ?
पहिचानमा धर्म, संस्कृति र परम्परा मात्र नभएर व्यापक राजनैतिक अर्थअन्तर्निहीत हुन्छ । यसमा कुनै पनि समुदायको भाषा, लिपि धर्म, संस्कार, संस्कृति,परम्परा, मूल्यमान्यता र मनोविज्ञानको मात्र वकालत हुँदैन र यो उत्पीडित जाति तथासमुदायहरूको भावनासँग मात्र अन्तर्सम्बन्धित मुद्दा पनि होइन । समाजवादी अर्थमापहिचान भनेको उनीहरूको समग्र हक र अधिकारहरूको सुनिश्चितासँग जोडिएकोराजनैतिक आन्दोलन हो । पहिचानको आन्दोलनलाई कुनै पनि खास समाजको समग्रआन्दोलन अन्तर्गतकै आंशिक आन्दोलनको रूपमा ग्रहण गरिन्छ । यो साङ्गोपाङ्गो मानव
मुक्तिसँग जोडिएको हुन्छ । वास्तवमा राजनैतिक अधिकारबिनाको भावनात्मक र प्राविधिकपहिचानकै भरमा उत्पीडित वर्ग, जाति र क्षेत्र उन्मुक्त हुन सक्दैन अर्थात पहिचानपदावली आफैँमा बनिबनाउ समाधन होइन (किराती, २०७१, पृ. ५४)।अब यहाँहरूलाई एउटा प्रश्न उठन सक्छ सङ्घियता भनेको के हो । सङ्घीयताभनेको उत्पीडित वर्ग, समुदाय वा जातिलाई अधिकार सम्पन्न बनाउने शासकीय प्रक्रियाहो जहाँ पहिचानलाई आधार मानिन्छ । पहिचानको विभिन्न आधारहरू छन् जसमध्येभाषिक तथा सांस्कृतिक मनोविज्ञान एक आधार हो । स्थापित इतिहास र सभ्यता आदिकिरात पहिचान हुनसक्छ । किरात सभ्यताभित्र हजारौँ वर्षव्यतित हुने भएकोले यसमा त्यस जातिको भौतिक विकासको इतिहास जीवित रहेको हुन्छ। भौतिक सम्पन्नताको सूचक मानव जातिको सभ्यता हो । यसको अभिव्यक्ति मानिसकोसहनसहन, भेषभूषा र व्यवहारबाट हुन्छ । किरात सभ्यता आदिम पुर्खाहरू हेच्छाकुप्पा,रैछकुले र दिदीबहिनी तयामा खियामाबाट प्रारम्भ भएको मानिन्छ । किरात सभ्यतालेघर निर्माण र खेतीपाती हुँदै अधुनिक राज्यको प्रादुर्भावसम्मको विराशत बोकेको पाइन्छ। यी ऐतिहासिक सम्पदाहरू किरात सभ्यताको प्रतीक हुन । सभ्यताको गर्भबाट नै भाषा,लिपि, धर्म, संस्कार संस्कृतिको विकास भएको हुन्छ । तसर्थ किरात एउटा सभ्यतामाविकास भएकाले १ नं. प्रदेशको नाम किरात राख्दा न्यायापूर्ण र वस्तुसङ्गत देखिन्छ ।
८. विश्वमा पहिचानका आधारमा सङ्घीयता
सङ्घीयता दुई किसिमले निर्माण हुने गर्दछ एउटा आवद्ध हुने (Coming together)र अर्को आवद्ध रहने (Holding together) । यसको अभ्यास छिमेकी राष्ट्रभारतलाई लिन सकिन्छ । भारतमा करिव १२ राज्यका नामाकरण भाषिक आधारमा छन्। भारतमा सङ्घीयता आवद्ध हुने र आवद्ध रहने आधारमा पनि लागू गरिएको छ, जस्तोःपश्चिम बङ्गाल राज्य भाषिक आधारमा बनेको छ भने पञ्जाव र तामिलनाडू राज्यभाषिक र जातीय दुबै आधारबाट बनेको छ । स्पेनमा पनि जातीय र भाषिक पहिचानकोआधारमा सङ्घीयता निर्माण भएको छ । सोभियत सङ्घ, स्वीजरल्याण्ड र अमेरिका आदिदेशहरूमा पहिचानको आधारमा सङ्घीयता स्थापित भएको देखिन्छ । अमेरिकामा चाहिँफिलाडेल्फिया सम्मेलन मार्फत १३ वटा राज्यहरूचाहिँ एक ठाउँमा आए । स्वीजरल्यान्डमा
चार जाति र चार भाषाका पहिचानको आधारमा सङ्घीयता बनेको छ (भवानीबराल, २०७८, अन्तरबार्ता) ।
९. नक्कली राष्टवाद रबिदेशी पहिचान स्वीकार
आदिवासी समुदायसँग सांस्कृतिक महत्व राख्ने मौलिक सम्पदाहरु भाषा, लिपि,संस्कृति आदि राज्यले कहिले पनि राष्ट्रिय पहिचानको रूपमा आत्मसाथ गर्न सकेन तरबिदेशी पहिचानलाई स्वीकार गरेको छ। नेपालीमाप्रयोग गर्दै आएका देवनागरी लिपि भारतको देवनगर भन्ने ठाउँबाट ९औँ शताब्दिमा विकासभएर आएको लिपि हो । जुन भारत र नेपालमा मात्र प्रचलित छ । नेपालमा प्रयोग भएको संस्कृत भाषा पनि भारत वर्षबाट नै सुरु भएको देखिन्छ जुन नेपाल र भारतमाप्रचलितछ ।त्यसैगरी रोमन लिपि र अङ्ग्रेजी भाषा रोम सभ्यताबाट विकास भई नेपालामा प्रचलितछ । आज नेपालमा सबैभन्दा बढी लगानी यही भाषामा भएको देखिन्छ विधालयदेखि बिश्वबिधालयहरूमा समेत यसको प्रयोग भएको देखिन्छ ।त्यसैगरी नेपालमा प्रचलित साल संवत विक्रम संवत (बि.सं.) भारत वर्ष कै विक्रमादित्य भन्ने एउटा वादशाहको नाममा चलाएको संवत् होजुननेपाली समुदाय र सरकारले मान्यता दिएको छ भने ईस्वी संवत जिसस् क्राइस्टको नाममा चलेको संवत् हो जन साल संबतहरूमा नेपाली सुगन्ध पाइदैन र चलाउनुको कुनै औचित्यता पने देखिदैन । संस्कृतिको रूपमा मनाउँदै आएको जन्मदिन र भ्यालेन्टाइन डे जस्ताउत्सवहरू अन्य सभ्यताबाट आयातित् हुन् ।नेपाली माटोको सुगन्ध बोकेका संस्कृति र सभ्यताको गर्भमा हुर्केको मौलिकपहिचान, भाषा, लिपि, साकेला,चासोकतङनाम, यलम्बर संवत्, किरात श्रीजंगा लिपि, लोहोपद्दति,नेपालसंवत आदि किन राज्यले राष्ट्रिय पहिचानबन्न सकेन । यसको मूल कारण देशको पराधीनमानसिकता र अदिबासीप्रति राज्यको उदासीनता नै हो नक्कलीराष्ट्रवाद हो । बिदेशी पहिचान सहस्र स्वीकार गर्ने नक्कलीराष्टवाददेखाउनेआफ्नो माटोको सुगन्धमा हुर्किएको संस्कृतिलाई स्वीकार नगर्नेनक्कली राष्टवादलाईप्रतिकारगर्नुपर्ने अबस्था आएको देखिन्छ ।आयातित पहिचानलाई स्वीकार गर्नेतरआफ्नैमाटोकोपहिचानलाईअस्विकारगर्नु भनेकोमातृभूमि प्रतिकोअपमान पनि हो ।
१०.अबको बाटो कता?
अबको पहिचानी आन्दोलनकता तिर हो त ? भन्दाविश्वमा पहिचानको आन्दोलनर अनेकौँ बिद्रोहकाआयामहरूलाई पनि हेर्नसकिन्छ । हिटलरले लाखौँ यहुदीहरूको नरसंहार गरे पनि यहुदीहरूको पहिचानलाई नाशगर्न सकेन बरुयहुदीहरूले इजरायल देशको निर्माण गरी आनो पहिचान स्थापित गरेकोदेखिन्छ । गोराहरूले कालाहरू माथि दमनले नेल्सन मन्डेला जन्म भयो र युगौँदेखिकोजातीय विभेदको अन्त्य गरे । भारतमा धार्मिक पहिचानलाई नियन्त्रण गर्न खोज्दापाकिस्तान बन्यो । त्यही पाकिस्तानले भाषिक पहिचानलाई दमन गर्दा भाषिक पहिचानदमन भएन बरुबङ्गलाभाषीहरूले बङ्गलादेश जस्तो सम्बृद्ध राष्ट्र बनाए । नेपालका पनिएक देश एक भाषा र एक भेषका राष्ट्रियता विकास गर्ने निरङ्कुश राजतन्त्र शाह वंशको अन्त्यभयो । यी इतिहासलाई साक्षी राख्दै बिद्रोहका अनेकौँ रूपहरू हुन्छन्। बिद्रोह आफैमाभयङ्कर र निर्मम हुन सक्छ । राज्यले समयमा नै यी मुद्दाहरूलाई सम्बोधन गर्नुपर्छ । किरातपहिचान प्राप्तिका लागि बिद्रोहको आवाजहरू समुन्द्रको छाल झै विभिन्न आयामहरूमाएकपछि अर्को गर्दै उठिरहन्छ र यो आन्दोलन अनन्त कालसम्म पनि उठिरहनेछ ।नेपालको सङ्घीयताको मुद्दा माक्र्सवादी ऐतिहासिक मूल्य र प्रक्रियामा उठाइएको मुद्दाथियो । यो समाज विकासको ऐतिहासिक प्रक्रियाको मालेमावादी अवधारणा हो जसलेसमाजवाद हुँदै साम्यवादसम्म पुर्याउँछ तर त्यति कै भने चाहिँ यो प्राप्त हुन सक्दैन। यसको लागि निरन्तर सङ्घर्ष र आन्दोलन आवश्यक पर्छ, यसैले पहिलोशर्त भनेको पहिचानवादीराजनीतिक शक्तिहरूएक हुन् हो।
१०.१.अबकोनिर्विकल्प बाटोराजनीतिक शक्ति निर्माण
अहिले प्रदेशमा जुन आन्दोलन छ त्यसको स्थायी समाधानको बाटो भनेको एक मात्र निर्विकल्प बाटो भनेकोराजनीति शक्तिकोनिर्माण नै पहिलो शर्त हो ।राजनीति शक्तिसँग सत्तारशक्तिहुनेभएकोलेरसबैभन्दानीतिहरूकोराजा नै राजनीतिक भएको यसको समाधान राजनीति तवरबाट हुनुपर्छ ।राजनीतिमाअधिकार मागेर होइन खोसेर लिनुपर्छ।नेपालको राज्यसत्तामा सभ्रान्त वर्गीय एवंएक जातीय / नश्लीयचरित्र जिम्मेवार देखिन्छ । राज्यसत्ताको शक्ति एकाधिकार एक वर्गीय,एक जातिमा केन्द्रीकृत भएकाले तमाम उत्पीडित जातिहरू उन्मक्त हुन सकेका छैनन् । राज्यसत्ताहासिलबाट मात्र किरात पहिचान स्थापितहुनेछ ।त्यसैले उत्पीडित वर्ग तथाजातिमैंत्री राज्यसत्ता निर्माण आजको पहिलो शर्त भनेको राजनीतिक शक्ति निर्माणहो । यस अर्थमा पनि किरात पहिचानीसङ्घर्ष विज्ञान सम्मत हुन्छ किनकि प्रसिद्ध वैज्ञानिक न्युटनको गतिसम्बन्धी तेस्रो नियमले “Every action has equal and opposite reaction.”हरेक क्रियामा बराबर तर विपरीत प्रतिक्रिया हुन्छ । कुनै एउटाभकुन्डोलाई भित्तामा जति बल लगाएर बजार्छौ, त्यत्ति नै बराबरका बल (गति) ले आपूतिरफर्कन्छ त्यसकारण पहिचानी मुद्दालाई पनि जत्ति धेरै दमन गर्यो उत्ति नै बिद्रोहका साथबिस्फाटेन हुन्छ । अब राजनीतिक शक्ति एकीकृत भएरजनताको अभिमत ल्याउने हो भने किरातपाहिचानीआन्दोलन स्थापित भएर जान्छ । यसकोएक मात्र निर्विकल्पराजनीतिक शक्तिको निर्माण होअनि मात्र स्थायी समाधान भएर जान्छ नत्र भने कहिले निको नहुने घुडाको घाउ जस्तो हुन्छ ।युगौसम्मपनि पहिचानकोमुद्दा रहिरहनेछ ।
धन्यवाद
प्रतिक्रियाकोलागि: shatasak@gmail.com, फोननं. 9852049892/ facebook: शालिक राई
लेखक परिचय : खोटाङ जिल्ला,साकेला गापा -२, रतन्छागाउँमा जन्मनुभएका शालिक शातासक राई पेसालेप्राध्ययापन, प्रशासकहुन् भनेसामाजिक/ सांस्कृतिकअभियान्ता रसंस्कृति विषयकाअध्येयता हुन् । कि. रा.सां. कलाकारसंघका उपाध्यक्ष तथाकि. रा. प्रज्ञापरिषद्का सदस्य हुन्, उनले नेपाली इतिहास, पुरातत्व, भूगोल र संस्कृतिको गहन अध्ययनगरेका र दर्जनौ अनुसन्धानमुलक लेख लेखेका छन् । उनले किरात राई जातिकोइतिहास, सामाजिक /सांस्कृतिक पक्षकोसूक्ष्म अध्ययन/ अनुसन्धान, किरात सांस्कृतिकवृत्तचित्रहरूकोलेखन / निर्माण/ निर्देशन, गीति भिडीयोको निर्देशन आदि गरेका छन् । हाल: त्रि.बि.बाट संस्कृति बिषयमा बिधावारिधि अध्ययनरत छन् ।
सन्दर्भसूची
अन्तर्राष्ट्रिय श्रम सङ्ठनको आदिवासी जनजातिहरूसँग सम्बन्धी महसन्धी नं. १६९
आचार्य, बलराम (बि.सं. २०६८),समाजशास्त्रका सैदान्तिक दृष्टिकोणहरू, सनलाईटपब्लिकेसन ।
किरात, जितपाल, लिम्बू, अर्जुन र चौधरी, पूलामति(बि.सं. २०६७), आदिबासी जनजाति आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ।
किराती, राजेन्द्र (बि.सं. २०७१), वर्गीय धरातल र जातीय सवाल, शिबकला राई।
किरायाको छैटौ महाधिवेशन र सातौ, आठाँ, नवौँ र दशौँ महाधिवेशनका दस्तावेज ।
गुरुङ्, हर्क (ई. २०००),जनजाति समस्या र समाधानका उपाय,जनजाति, महासङ्घस्मारिका, आदिबासी जनजाति महासङ्घ ।
चेम्जोङ, इमानसिं (बि.सं. १९४८) किरात इतिहास,किरात याक्थुङ चुम्लुङ ।
डार्विन, चार्स. अनुः सुनवार, रमेश, गिरि नारायण (२०६९), जातिहरूको उत्पति, बिएन पुस्तक संसारप्रा.लि. ।
नेपालका आदिवासीहरूको मानव अधिकार सम्बन्धी वकिल समुह ।
बैध, मोहन किरण (बि.सं. २०७३),सङ्घर्षको दर्शन, जनदिशा प्रकाशन नेपाल ।
माओत्सेतु (बि.सं. २०६३),दर्शनबारे पाँच कृति, जनस्रष्टा प्रकाशन ।
मावोहाङ, प्रेमबहादुर, शर्मा ढुगेल्, भूपेन्द्रनाथ (ई २०११) सङ्क्षिप्त नेपालको इतिहास,किरात प्रकाशन ।
याक्खा राई, दुर्गाहाङ (बि.सं. २०५५), किरात हिजो र आज,किरात राई यायोक्खाकेन्द्रीय कार्यसमिति ।
राई, तारामणि र चाम्लिङ, भोगिराज (बि.सं. २०७४), किरात स्थाननाम प्रागएैतिहासिक एवमभाषिक अध्यायन,आदिवासी
जनजाति उत्थान राष्टिय प्रतिष्ठान।
— — (बि.सं. २०७४), किरात क्षेत्रका गढीः स्थलगत अध्ययन र ऐतिहासिक कागजपत्रहरू, आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठान ।
राई, तारामणि, चाम्लिङ, भोगिराज र वाम्बुले, गणेश (बि.सं. २०७३), किरात प्रज्ञा जर्नल, किरात राई प्रज्ञा परिषद
राई, प्रकाशकुमार (बि.सं. २०६९), नेपाली समाज र संस्कृतिका उपागमहरू, एकेडेमिक बुक सेन्टर त्रि.वि. ।
वास्तोला, धर्मेन्द्र (बि.सं. २०६७), अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको शिक्षाहरू,विवेकशील प्रकाशन ।
शतासक राई, शालिक (बि.सं. २०७०),किरात राई वृतचित्र, शिव राई रसन्त राई. किराया ।
संयुक्त राष्ट्रसँगको घोषणापत्र आदिवासी अधिकार २००७, धारा १३ ।
श्रेष्ठ, शिवकुमार (बि.सं. २०५२), लिम्वुवानको ऐतिहासिक अध्ययन, किरातप्रकाशन तथा अभिलेख केन्द्र ।