धनकुटा । नेपाल उद्योग बाणिज्य महासंघ कृषि उद्यम केन्द्र काठमाडाैको सहयोगमा धनकुटा उद्योग बाणिज्य संघको लेखा जोखा तथा समिक्षा कार्यक्रम हालै सम्पन्न भयो ।
धनकुटा उद्योग बाणिज्य संघका अधयक्ष विजय सन्तोषी राईको अध्यक्षतमा सम्पन्न भएको कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघ कृषि उद्यम केन्द्र काठमाडाैका अरुण श्रेष्ठले सहजीकरण गर्दै यस कार्यक्रमबाट प्राप्त भएको सिकाईलाई व्यवहारमा लागु गर्न आग्रह गरे ।
कार्यक्रममा धनकुटा उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मन कुमारी तुतिङ्ग, महिला उपाध्यक्ष निर्मला राई श्रेष्ठ, कोषाध्यक्ष रुपेश श्रेष्ठ, कार्यकारी सदस्यहरु रेवतीप्रसाद अधिकारी, उज्वल कर्माचार्य, महेन्द्र श्रेष्ठ, अम्विका धमला, शोभा श्रेष्ठ, लिला श्रेष्ठ, सुनिता थापा, दिजेश शाक्य, नगेन्द्र काफ्ले संघले एक बर्ष भित्र गरेको कार्यक्रमहरु सहित कार्यालयको सेवा प्रवाह र कामको सम्वन्धमा छलफल गरी समिक्षा गर्दै आगामी दिन अझ प्रकारी रुपमा संचालन गर्ने वताए ।
उक्त कार्यक्रममा कार्यालय सचिव मातृका राई, कर्मचारीहरु नवराज श्रेष्ठ, रिया भूजेल लगायतको सहभागीता थियो । धनकुटा उद्योग बाणिज्य संघको समित साधन स्रोत भए पनि सेवा प्रवाहका साथ काम गरिरहेकोले आगामी दिन समेत अझ प्रभावकारी रुपमा कार्यक्रमहरु संचालन गर्नका लागी साधन स्रोतको खोजी गर्ने धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले वताए ।
धनकुटा उद्योग बाणिज्य संघ हेल्प डेस्क स्थापना गरी उद्योगी व्यापारी तथा व्यावसायीहरुलाई सेवा प्रवाह गरिरहेको र धनकुटाका उद्योगी व्यापारी तथा व्यवसायीहरुका लागी घर दैलोमा नै सेवा दिनका लागी धनकुटाका मुख्य बजारहरुमा घुम्ती सेवा संचालन र कर शिक्षा तथा नाप तौल शिविर संचालन गर्दै आइरहेको छ ।