धनकुटा । साँगुरीगढी गाउँ कार्यपालिकाको वैठकबाट भूउपयोग योजना पास भएको छ ।आइतवार गाउँपालिकाको सभाहलमा वसेको कार्यपालिका वैठकले जग्गा वर्गीकरण सम्वन्धी भूउपयोग योजना पास गरेको अध्यक्ष जितेन्द्र राईले बताए ।
गाउँ कार्यपालिका वैठकबाट भूउपयोग योजना पास भएसँगै जग्गा कित्ताकाटको वाटो खुलेको छ । कार्यपालिका वैठकले पास गरेको भूउपयोग योजनालाई जिल्ला मालपोत, नापी कार्यालयसँगै माथिल्लो निकायमा पेश गरिने उनले बताए ।
परामर्शदाता Pathway Engineering Consultancy Pvt. Ltd Bhaktapur ले भूउपयोग योजना तयार गरेर गत जेठ ४ गते विहिवार गाउँपालिकामा पेश गरेको थियो । भूउपयोग योजना भूमिलाई कसरी उपयोग गर्ने योजना हो । विशेषगरी उक्त योजनाले पालिकाको कुन क्षेत्रलाई व्यवसायिक क्षेत्र, आवास क्षेत्र र कृषि क्षेत्र छुट्याएर वर्गीकरण निर्धारण गर्दछ । ती क्षेत्रको करको दर वेग्ला वेग्लै हुन्छ । भूउपयोग योजना पास भइ कार्यान्वयनको चरणमा गएपछि वर्षमा दुई पटक असार र मंसिरमा मात्रै संसोधन गर्न सकिनेछ ।