धनकुटा l सहिदभूमी गाउँपालिकाको वडा नं. १ को घंगरुमा नेपाली कांग्रेस धनकुटाले नेपाली कांग्रेस धनकुटाका जिल्ला सदस्य गोपालराज थापाका आमा तथा धनकुटा कांग्रेसका अभिभावक स्वर्गीय पवित्रा थापाको सातौं पुण्य दिनमा श्रद्धाञ्जली सभाको आयोजना गरेको छ ।
नेपाली कांग्रेस धनकुटाका जिल्ला सदस्य गोपाल राज थापा, समाजसेवीहरु चन्द्र वहादुर थापा,खड्ग वहादुर थापा,दिल वहादुर थापाको आमा तथा ओम कुमारी थापा, एम कुमारी थापा, तिर्थ माया थापा र सरस्वती थापाकी शासु आमा,नेपाली कांग्रेसका यूवा नेता अर्जुन थापा तथा क्षेत्रिय प्रतिनिधि कला थापाकी हजुर आमा धनकुटा कांग्रेसका अभिभावक पवित्रा थापाको गत जेष्ठ १ गते निधन भएकोमा नेपाली कांग्रेस धनकुटाले श्रद्धाञ्जली सभाको आयोजना गरेको हो ।
सो अवसरमा नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राई, जिल्ला सदस्य तथा सहिदभूमी गाउपालिका वडा नं. १ का वडाध्यक्ष रमेश राई, क्षेत्रीय सदस्य हिमाल राई, सहिदभूमी गाउपालिकाका सभापति टंक राई,वडा नं. १ का सभापति भिमनाथ खड्का क्षेत्रिय प्रतिनिधि हरी दुलाल, धनकुटा नगरपालिका कार्यपालिका सदस्य भोगेन्द्र राई लगायतले धनकुटा कांग्रसका अभिभावक स्वर्गीय पवित्रा थापा प्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना व्यक्त गरेका थिए । नेतागणहरुले नेपाली कांग्रेस धनकुटा जिल्ला कार्य समिति, क्षेत्रिय कार्य समिति क्षेत्र नं. १ ,सहिद भूमी गाउपालिका कार्य समिति र वडा नं. १ वडा कार्य समितिको तर्फबाट शोकाकुल थापा परिवारजनलाई समवेदना पत्र समेत प्रदान गरिएको नेपाली कांग्रेस सहिदभूमी गाउपालिका कार्य समितिका सभापती टंक राईले वताए । स्वर्गीय पवित्रा थापाको ८९ बर्षको उमेरमा गत जेष्ठ १ गते असमायिक निधन भएको नेपाली कांग्रेस सहिदभूमी गाउँपालिका वडा नं. १ का वडा सभापति भिमनाथ खड्काले वताए ।