धनकुटा । भेडेटार बजारमा शाखा कार्यालय रहेको नविल वैंकले साँगुरीगढी गाउँपालिका वडा नं. २ वुढिमोरङमा शाखा रहित वैकिङ सेवा (विएलवी) सुरु गरेको छ ।
मंगलबार एक कार्यक्रमका वीच प्रमुख अतिथि साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र राईले शाखा रहित वैकिङ सेवाको उद्घाटन गरे । शाखा रहित वैकिङ सेवाको व्यवसायिक प्रतिनिधि स्थानीय नविन लिम्बु रहेका छन् ।
शाखा रहित वैंकिङ सेवाले पालिकाको वडा नं. १, २, ३ र ४ वडाका ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता सहज रुपले प्राप्त गर्न सक्ने बताइएको छ ।