धनकुटा । साँगुरीगढी गाउँपालिका वडा नंं ४ फाक्सिवमा आजदेखि चौथो फाक्सिव गोल्डकप आमन्त्रित फुटगवल प्रतियोगिता सुरु भएको छ । फाक्सिव फुटवल क्लवको आयोजनामा प्रतियोगिता सुरु भएको हो ।
कार्यक्रमका वीच प्रमुख अतिथि साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईले रेफ्रि मिलन थेगिमलाई फुटवल हस्तान्तरण गरेर प्रतियोगिताको उद्घाटन गरेका थिए ।
उद्घाटनको दिन दुई खेल सम्पन्न भए । उद्घाटन खेल हात्तिटार स्पोटिङ क्लव राजारानी र पाथिभरा फुटवल क्लव भेडेटार वीच भएको थियो । जसमा पाथिभरा फुटवल क्लव भेडेटारलाई २–० गोलअन्तरले पराजित गर्दै हात्तिटार स्पोर्टिङ क्लव राजारानी सेमिफाइनल प्रवेश गरेको छ । हात्तिटारको जितमा विरेन्द्र चेम्जोङ र दिलकुमार लिम्बुले एक÷एक गोल गरेका थिए । खेलको म्यान अफ म्याच पाथिभराका शैलेन्द्र नेपाल घोषित हुँदै नगद १ हजार ५ सय रुपैया प्राप्त गरे । फाइनल प्रवेशका लागि हात्तिटारले भोली हुने किरात यूवा समूह वुढीमोरङ र सिर्जनशील यूवा क्लव साँगुरीगढी–८ वीचको विजेतासँग जेठ १२ गते प्रतिस्पर्धा गर्नेछ ।
त्यसैगरी आजै सम्पन्न दोस्रो खेलमा संजीवनी क्लव वुढीमोरङलाई फराकिलो गोलअन्तरले पराजित गर्दै डाँडाबजार फुटवल क्लव विजयी वन्यो । डाँडाबजारले संजीवनीलाई ५–० गोलअन्तरले पराजित ग¥यो । डाँडाबजारको जीतमा विपिन जवेगु र सन्दिप लिम्बुले २÷२ गोल र योगेश थेगिमले एक गोल गरेका थिए । डाँडाबजार पनि आजको खेल जित्दै सेमिफाइनल पुग्ने दोस्रो टीम वन्यो । खेलको म्यान अफ म्याच डाँडाबजारका संजय रम्तेल घोषित भए । उनले नगद १ हजार ५ सय रुपैया प्राप्त गरे । फाइनल प्रवेशका लागि डाँडाबजारले भोली हुने आयोजक फाक्सिव फुटवल क्लव र चौविसे गाउँपालिका वडा नंं ७ को सिसिडिआइसी फुटवल क्लव वीचको विजेतासँग जेठ १२ गते प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगितामा आयोजक फाक्सिव फुटवल क्लव सहित ८ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले नगद १ लाख सहित ट्रफी र मेडल, उपविजेता हुने टिमले नगद ५० हजार सहित ट्रफी र मेडल प्राप्त गर्ने आयोजक फाक्सिव फु्टवल क्लवका अध्यक्ष पुजन आङ्ला लिम्बुले बताए । उनका अनुसार प्रतियोगिताको हरेक खेलमा म्यान अफ म्याच पुरस्कारको व्यवस्था गरिएको छ । त्यस्तै सर्वोत्कृष्ट सहित विधागत पुरस्कारको व्यवस्था समेत गरिएको छ ।
प्रतियोगिता संचालनको लागि साँगुरीगढी गाउँपालिका, ४ नं. वडा कार्यालय र विभिन्न देश तथा विदेशमा रहेका फुटवलप्रेमी व्यक्तिहरुले आर्थिक सहयोग गरेका छ । फाइनल खेल आगामी जेष्ठ १३ गते शनिवार हुने आयोजकले जानकारी दिएको छ ।