धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिकाको कृषि शाखाले किसानहरुलाई कृषि सामाग्री वितरण गरेको छ । अध्यक्षसंग कृषि कार्यक्रम मार्फत किसानको मागका आधारमा किसानलाई एक कार्यक्रमका बिच छथर जोपाटी गाउँपालिका वडा नम्बर २ मा रहेको सिंद्धदेवी कृषक समुहमा आवद्ध २७ किसान परिवार लाई पालिकाको ७५ प्रतिशत र समुहको २५ प्रतिशत लागत साझदारीमा करिब १ लाख ३५ हजार मूल्य बराबरको मुला, फुलकोपी र बन्दा कोपीको विउ वितरण गरिएको हो ।
विउँ वितरण कार्यक्रमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि छथर जोरपाटी गाउँपालिकाका अध्यक्ष छत्र बहादुर सुब्बाले गाउँपालिका किसानहरु लाई सदैब सहयोग चाहेको र किसानहरुले समेत सहयोग पछि उत्पादन बढाउँने गरि काम गर्ने अपेक्षा गरिएको र आगामी दिनमा समेत गाउँपालिकाले किसानका समस्याहरु लाई समाधान गर्दे सहयोग समेत गर्ने प्रतिवद्धता व्यक्त गरे ।
सिद्धदेवी कृषक समुह सचिव शेर बहादुर भूजेल गाउँपालिकाले गरेको सहयोगले किसान लाई निकै राहत र खुसी दिएको धारणा राखे । कार्यक्रमको संचालन कृषि प्राविधीक सहायक पाँचौ अदिप श्रेष्ठले गरेका थिए । छथर जोरपाटी गाउँपालिका वडा नम्बर २ कि वडा सदस्य रुपा लिम्बुको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमका समुहमा आवद्ध किसानहरुको समेत उपस्थिती रहेको थियो ।