धनकुटा । धनकुटा उद्योग बाणिज्य संघ र तनहुँ उद्योग बाणिज्य संघ बिच धनकुटामा अनुभव आदान प्रदान कार्यक्रम सम्पन्न भयो ।
तनहुँ उद्योग बाणिज्य संघ अध्ययन अवोलन भ्रमणको क्रममा धनकुटा आईपुगेको तनहुँ उद्योग बाणिज्य संघ र धनकुटा उद्योग बाणिज्य संघका कार्यसमिति विच अनुभव आदन प्रदान कार्यक्रम गरिएको हो ।
उक्त कार्यक्रममा धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई र तनहुँ उद्योग बाणिज्य संघका अध्यक्ष पविन्द्र कुमार श्रेष्ठले आ-आफ्नो उद्योग बाणिज्य संघको प्रस्तुती गरेका थिए ।
सो अवसरमा धनकुटा उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मन कुमारी तितुगले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन्ग । भने दुवै संघ विच उपहार आदन प्रदान समेत गरेका थिए । भने कार्यक्रमको संचालन धनकुटा उद्योग बाणिज्य संघका कार्यकारी सदस्य अम्विका धमलाले गरेकी थिइन्ग ।
सो अवसरमा धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष राई, वरिष्ठ उपाध्यष तितुङ्, उपाध्यक्ष खगेन्द्र विष्ट, कार्यकारी सदस्यहरु रिदम श्रेष्ठ, अम्विका धमला, शोभा श्रेष्ठ, रेजिना पालिखे, लिजा श्रेष्ठ, उज्वल कर्माचार्य, रेवतीप्रसाद अधिकारीले, कर्मचारीहरु मातृका राई, रिया भूजेलले तनहुँ उद्योग बाणिज्य संघको भ्रमण टोलीलाई स्वागत गरेका थिए ।