धनकुटा । धनकुटामा सय बेडको अस्पताल निर्माण गर्न जग्गा प्राप्तीको लागी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई धनकुटाको सर्वपक्षिय टोलीले वालुवाटारमा अनुरोध पत्र बुझाएको छ ।
धनकुटा अस्पलालाई स्तरउन्नती गरी सय बेडमा बृद्धि गरी भवन निर्माण गर्न सरकारबाट कुल जग्मा रु ४७ करोडको बहुबर्षिय योजना अनुसार यस बर्ष बजेट बिनियोजन गरेकोमा जग्गा अपुगका कारण भवन निर्माण गर्न कठिनाई भएकोले धनकुटा अस्पतालसंर्गै रहेको कृषि मन्त्रालय अन्र्तग रेमश खेती विकास कार्यक्रमको खाली जग्गा अस्पताल निर्माण गर्नका लागी माग गर्दै प्रधानमन्त्री दाहाललाई धनकुटाबासीको तर्फबाट सवपक्षिय ढंगले प्रतिनिधित्व गर्दै अनुरोध पत्र बुझाएको हो ।
राष्ट्रपतिका प्रमुख राजनैतिक सल्लाहकार तथा पूर्व मन्त्री सुनिल वहादुर थापा, पूर्वमन्त्री तथा धनकुटाका संघिय सांसद राजेन्द्र राई, प्रदेश सभाका सांसद तथा नेकपा एमाले धनकुटाका अध्यक्ष इन्द्रमणी पराजुली, नेपाली कांग्रेस धनकुटाका सभापति दिनेश राई, नेकपा माओवादी केन्द्र धनकुटाका संयोजक पूर्वप्रदेश सांसद कुसुम कुमारी श्रेष्ठ, प्रदेश सभाका सांसद निरन राई, प्रदेश सभाका सांसद इन्दिरा थापा, धनकुटा जिल्ला समन्वय समितिका प्रमुख तथा धनकुटा अस्पताल विकास समितिका अध्यक्ष निरेन तामाङ, धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङ, राष्ट्रिय स्वतन्त्र पाटी धनकुटाका संयोजक बालानन्द दाहाल, जनता समाजवादी पाटीका केन्द्रिय सदस्य धर्म राई, धनकुटाका कार्यवहाक अध्यक्ष पार्वती राई, नेकपा एस धनकुटाका अध्यक्ष तथा यूवा नेता अर्जुन राई, नेपाली कांग्रेस धनकुटाका उपसभापति सुनिलकुमार डंगोल, धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई, धनकुटा अस्पतालका डाक्टर अमित शाह, जिल्ला समन्वय समिति धनकुटाका खगेन्द्र चौलागाई, महिला नेता इन्दु दर्नाल लगायतले धनकुटा अस्पतालको लागि सय वेडको भवन निर्माण गर्नका लागि उक्त जग्गा उपलब्ध गराई दिन अनुरोध गर्दै धनकुटाको विकास र समृद्धिको लागी विशेष योजनाको माग गरेका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई धनकुटा अस्पताल विकास समितिका अध्यक्ष समेत रहेका धनकुटा जिल्ला समन्वय समितिका प्रमुख निरेन तामाङले धनकुटा जिल्लाबासीको तर्फबाट पत्र प्रदान गरेका थिए ।
सो अवसरमा प्रधानमन्त्रीले आफुले सक्दो सहयोग गर्ने बताए । अस्पतालको वर्तमान अवस्थाका साथै धनकुटाको विकास र समृद्धिको लागी प्रधानमन्त्री दाहाललाई नेकपा माओवादी केन्द्र धनकुटाका संयोजक कुसुमकुमारी श्रेष्ठले जानकारी गराएकी थिइन् ।