धनकुटा । उद्योग बाणिज्य संघको संयोजन तथा गुणस्तर तथा नाप तौल कार्यालय विराटनगरको प्राविधिक सहयोग र सहकार्यमा धनकुटा बजारमा संचालन गरिएको दुई दिने नाप तौल दर्ता र नविकरण अभियान आज सम्पन्न भएको छ ।
धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले शुभारम्भ गरेको नाप तौल शिविर(डोर मुकाम) कार्यक्रममा धनकुटा उद्योग बाणिज्य संघका कोषाध्यक्ष रुपेश श्रेष्ठ, कार्यकारी सदस्यहरु दिजेश शाक्य, अम्बिका धमला, लिला श्रेष्ठ, शोभा श्रेष्ठ, कर्मचारीहरु मातृका राई, नवराज श्रेष्ठ, रिया भूजेल लगायतले सहजीकरण गरेका थिए ।
धनकुटा बजारमा दुई दिनसम्म संचालन गरिएको गुणस्तर तथा नाप तौल कार्यालय विराटनगरका नाप तोल निरीक्षक मनिषा राई, सहायक निरीक्षक शुसिला तामाङ, सिनियर मिस्त्रि अभिनन्दन पण्डित र कार्यालय सहयोगी जितेन्द्र चौधरीले धनकुटा बजारका ९७ जना उद्योगी व्यापारी तथा व्यावसायीहरुको नाप तौलको जाच, दर्ता तथा नविकरण गरेका थिए ।
हिले बजारमा जेष्ठ २८ गते र जेष्ठ २९ गते विहान सिधुवा बजारमा र दिउँसो पाख्रिवास बजारमा नाप तौलको जाच गरी दर्ता तथा नविकरण गर्ने कार्यक्रम रहेको धनकुटा उद्योग बाणिज्य संघका सचिव रामवहादुर रायमाझीले वताए ।
जेष्ठ २८ गते धनकुटाको हिले बजारमा हुने कार्यक्रमको सहजीकरण धनकुटा उद्योग बाणिज्य संघका उपाध्यक्ष खगेन्द्र विष्ट, उपाध्यक्ष कृष्ण श्रेष्ठ, सचिव राम वहादुर रायमाझी, कार्यकारी सदस्यहरु दिजेश शाक्य, नगेन्द्र काफ्ले, राम घिसिङ तामाङ, विपिन थापाले गर्ने अध्यक्ष विजय सन्तोषी राईले वताए ।
जेष्ठ २९ गते धनकुटा उद्योग बाणिज्य संघका कार्यकारी सदस्य नविन श्रेष्ठ, महेन्द्र थापा र सिधुवा बजार शाखाका अध्यक्ष शिव श्रेष्ठले सिधुवा बजारको कार्यक्रम र पाख्रिवास बजारको कार्यक्रमका लागी कार्यकारी सदस्य देव विश्वकर्मा र पाख्रिवास बजारका अध्यक्ष केशव राईले सहजीकरण गर्ने संघका उपाध्यक्ष खगेन्द्र विष्टले वताए ।