धनकुटा । धनकुटा नगरपालिका वडा नं. ७ का समाजसेवी तथा नेापली कांग्रेसका अभिभावक पर्शुराम संजेलको हालै निधन भएकोमा नेपाली कांग्रेस धनकुटाले शनिवार श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरेको छ ।
सो अवसरमा नेपाली कांग्रेस धनकुटाका सभापति दिनेश राई,जिल्ला सचिवहरु विजय सन्तोषी राई, विकास घिमिरे, नेपाल महिला संघ धनकुटाका उपाध्यक्ष अम्विका धमला, धनकुटा नगरपालिका कार्यपालिका सदस्य दिलकुमार राई, नेपाली कांग्रेस धनकुटाका कार्यालय सचिव भरत श्रेष्ठ, क्षेत्रीय प्रतिनिधि घनश्याम चापागाई लगायतले नेपाली कांग्रेस धनकुटाका अभिभावक तथा समाजसेवी पर्शुराम संजेल प्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना व्यक्त गरेका थिए ।
स्वर्गीय पर्शुराम सञ्जेलको निधनले नेपाली कांग्रेस धनकुटाले एक सच्चा अभिभावक गुमाएको र पार्टीलाई अपुरणीय क्षति पुगेको जिल्ला सचिव विजय सन्तोषी राईले वताए । ७१ बर्षको उमेरमा उपचारको क्रममा हालै निधन भएका स्वर्गीय सञ्जेलको छोरा वुहारीहरु शालिकराम, सरिता सञ्जेल, दुर्गा, प्रतिक्षा सञ्जेल, छोरी ज्वाईहरु मिनाकुमारी र घनश्याम चपागाई, संगिता र लेखनाथ लुईटेल, अञ्जु र श्याम ढकाल र कान्छी छोरी मन्जु संजेल लगायत नातिनातिनिहरु रहेका छन् ।