विपिन दाहाल
धनकुटा । अघिल्लो वर्ष नगरपरिषद्बाट पास भएका विषयहरुलाई नगर प्रमुखले कार्यान्वयन नगरेको भन्दै धनकटा नगरपालिकाका वहुमत सदस्यहरुले नगरपरिषद् वैठक वहिष्कार गरेका छन् ।
नगरको विकास र नगरवासीको हितमा विभिन्न मागहरु नगरपरिषद वैठकमा प्रस्तुत गर्दा नगर प्रमुखले प्रस्तुत मागहरु उपर सम्वोधन नगरेकाले उक्त मागहरु पुरा नहुन्जेल नगरपालिका वैठक वहिष्कार गर्ने निर्णय गरिएको वडा सदस्य गोविन्द राईले बताए ।
नगरप्रमुखले बहुमत सदस्यहरुको मागलाई अपहेलना गरेको प्रति गम्भिर ध्यानाकर्षण भएको उनीहरुले उनीहरुले प्रेस विज्ञप्ति जारि गरेका थिए । बहुमत सदस्यको हस्ताक्षर रहेकाे उक्त विज्ञप्तिमा अहिले भएको खानेपानी उपभोक्ता समिति तत्काल विघटन गर्नुपर्ने , लेखा समितिको कार्यविधि बनाई तत्काल कार्यान्वयन गर्नुपर्ने तथा नगरपरिषदबाट गत बर्ष पास भएका विषयहरु तत्काल कार्यान्वयन गर्नुपर्ने लगायतका माग उल्लेख छ । मागलाई वेवस्ता गरिएमा चरणबद्ध आन्दोलनका कार्यक्रमहरु घोषणा गर्ने चेतावनी समेत वहुमत सदस्यले दिएका छन् ।