सुनसरी । माध्यमिक विधालय शिक्षक युनियन नेपाल (हिस्टुन) सुनसरी को जिल्ला अध्यक्ष मा सुमन गुरागाईं चयन भएका छन् ।
हालै सम्पन्न हिस्टुनको जिल्ला भेलाले गुरागाइलाई अध्यक्षमा चयन गरेको हाे । यसैगरी समितिको उपाध्यक्षमा दिपा कार्की, सचिवमा अम्बिका ढकाल, अर्थसचिवमा नरनाथ पराजुली, सहसचिवमा राजेश मेहता तथा सदस्यहरुमा सन्जिव चौधरी, नवराज दाहाल, ओमप्रकाश भिम्वार, निदेश पण्डित, रुपनारायण भट्टराई, मानबहादुर पौडेल चुनिएका छन् ।
सो अवसरमा हिस्टुनका पूर्वसहअध्यक्ष योगेन्द्र बस्नेतले माध्यमिक तह (११/१२) का समस्या र त्यस समस्या समाधानका लागि भइरहेको प्रयासहरुको बिषयमा चर्चा गरेका थिए । हिस्टुनका प्रदेश सचिव सरद दाहालले सरकारले माध्यमिक तहका शिक्षकहरु लाई बेवास्ता गरिरहेको र अबको दिनमा त्यस्तो प्रतिकार गर्ने बताए । कार्यक्रमको अध्यक्षता सुमन गुरगाइले र कार्यक्रमको संचालन अम्बिका ढकालले गरेका थिए ।