धनकुटा । धनकुटाको तल्लो टुँडिखेलमा सम्पन्न दोस्रो संस्करणको वाइवाइ विद्यालय स्तरिय फुटबल प्रतियोगिताको उपाधि प्राथमिक विद्यालयतर्फ बालसंसार आवासिय मावि र आधारभूत विद्यालयतर्फ मनकामना अग्रेजी मावि हिलले जितेको छ ।
न्यु नवप्रभात क्लब धनकुटाको आयोजनामा सम्पन्न खेलको शुक्रवार सम्पन्न फाइनल खेलमा प्रावि तर्फ बालसंसार आवासिय माविले निजामति आवासिय माविलाई शुन्यका विरुद्ध एक गोलले पराजित गर्दै उपाधि जितेको हो ।
त्यस्तै आधारभूत विद्यालयतर्फ मनकामना अंग्रेजी मावि हिलेले बालसंसार आवासिय माविलाई शुन्यका विरुद्ध एक गोलले पराजित गर्दै उपाधि जितेको छ ।
प्रावि तर्फ विजेता बालसंसार आवासिय माविले नगद १५ हजार रुपैया मेडल र उपविजेता निजामति आवासिय माविले नगद ७ हजार ५ सय रुपैयाँ मेडल प्राप्त गरेको छ ।
आधारभूततर्फ विजेता वनेको मनकामना अंग्रजी मावि हिलेले नगद २० हजार रुपैयाँ, मेडल र उपविजेता बालसंसार आवासिय माविले नगद १० हजार रुपैयाँ, मेडल प्राप्त ग¥यो ।
गत १५ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा आधारभूतातर्फ १२ वटा र प्रावि तर्फ १० वटा विद्यालयको सहभागिता रहेको आयोजक समितिका अध्यक्ष गोविन्द राईले जानकारी दिए ।