धनकुटा । सहिद भीमनारायण चोकमा सहिद भीमनारायण श्रेष्ठ, कप्तान सहिद यज्ञबहादुर थापाको ४५ औं स्मृति दिवस र पूर्वप्रधानमन्त्री पूर्वकांग्रेस सभापति स्वर्गीय सुशिल कोइरालाको स्मृति दिवसको अवसरमा सहिद भीमनारायण स्मृति प्रतिष्ठान धनकुटाले श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरेको छ ।
उक्त कार्यक्रममा नेपाली कांग्रेस धनकुटाका सभापति दिनेश राई, नेपाली कांग्रेसका पूर्वकेन्द्रिय आमन्त्रित सदस्य सहिदपुत्र मनोहरनारायण श्रेष्ठ, नेपली कांग्रेस प्रदेश कार्य समितिका सदस्य नविन किशोर शाक्य, जिल्ला सचिव विजय सन्तोषीराई, सहसचिव रोशन श्रेष्ठ, महासमिति सदस्य सुमना तिम्सिना, महाधिवेशन प्रतिनिधि धिरेन्द्रवहादुर लिम्बु, नेपाल तरुण दलका केन्द्रिय सदस्यहरु तिलक महत, युवराज पराजुली, जिल्ला सदस्यहरु अम्विका परियार, विष्णु पौडेल, धनकुटा नगर कार्य समितिका सभापति नरेश श्रेष्ठ, वडा नं ५ का वडाध्यक्ष धन कुमार राई लगायतले सहिदहरु भीमनारायण श्रेष्ठ, सहिद यज्ञबहादुर थापा र पूर्वप्रधान मन्त्री तथा कांग्रेस सभापति स्वर्गीय सुशिल कोईरालाको योगदानको चर्चा गर्दै श्रद्धाञ्जली अर्पण गरेका थिए ।
सहिद भीमनारायण स्मृती प्रतिष्ठान धनकुटाका अध्यक्ष पुरेन्द्रलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त श्रद्धाञ्जली कार्यक्रमको संचालन संस्थाका महासचिव रोशन श्रेष्ठले गरेका थिए । सो अवसरमा नेपाल कर्मचारी युनियन धनकुटाका पूर्वअध्यक्ष टंक दवाडी, धनकुटा नगरपालिका वडा नं ६ का वडा सदस्य कुसुम जोशी श्रेष्ठ, नेपाली कांग्रेसका नेताहरु रमेश शाक्य, विरेन्द्रलाल श्रेष्ठ, प्रकाश श्रेष्ठ, महेश श्रेष्ठ, धिरेन्द्रलाल श्रेष्ठ, लक्ष्मण खड्का प्रतिष्ठानका कोषाध्यक्ष रिना उदास, समाजसेवी जिवलाल थेचमी लगायतले श्रद्धाञ्जली अर्पण गरेका थिए ।
सहिद भीमनारायण श्रेष्ठ, कप्तान सहिद यज्ञवहादुर थापालाई तत्कालीन राजा विरेन्द्रलाई विराटनगरमा सवारी भएको समयमा २०३० साल चैत्र ३ गते विराटनगरमा बम प्रहार गरेको अभियोगमा ५ बर्षको कडोर जेल सजायपछि तत्कालिन् पञ्चायती सरकारले २०३५ साल माघ २६ गते गोली हानी हत्या गरेको नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राईले बताए ।