धनकुटा । सहिदभूमी गाउँपालिका वडा नं. २ स्थित साम्बुगाउँ स्वास्थ्य चौकीको नयाँ भवन शिलान्यास गरिएको छ । सहिदभूमि गाउँपालिका अध्यक्ष मनोज राईले विहिवार एक कार्यक्रमका वीच स्वास्थ्य चौकी भवन शिलान्यास गरेका हुन् ।
कार्यक्रममा वोल्दै गाउँपालिका अध्यक्ष मनोज राईले स्वास्थ्य चौकीको भवन जीर्ण हुँदा सेवा प्रवाहमा समस्या भएको कारण नागरिकले दुःखा पाएको बताउँदै नयाँ भवन सुविधायुक्त हुने भएकाले सेवा प्रवाहमा सहज हुने बताए । उनले भवन तोकिएको समय भित्रै निर्माण सम्पन्न हुने विश्वास व्यक्त गरे ।
प्रदेश तथा संघीय सरकारको सहयोगमा निर्माण हुने भवनको जिम्मा काठमाडौंको एमकेए ग्रुपले पाएको छ । भवन निर्माणको कुल लागत ७१ लाख ५२ हजार २ सय ४७ रुपैया भ्याट सहित रहेको छ ।
शिलान्यास कार्यक्रममा उपाध्यक्ष रत्नश्वरी राई, प्रमुख प्रशासकीय अधिकृत नविन कार्की, २ नं. वडाध्यक्ष खगेन्द्र राई लगायत जनप्रतिनिधि, कर्मचारी तथा स्थानीय सहभागि थिए ।