धनकुटा । पत्रकारहरुको पेशागत तथा भौतिक सुरक्षा सम्वन्धि नेपाल प्रेस युनियन धनकुटाका अग्रजहरुसँग धनकुटामा छलफल तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भयो ।
नेपाल प्रेस युनियनका कोशी प्रदेश सचिव बिनय वाराकोटीले धनकुटाका नेपाल प्रेस युनियनका अग्रजहरुसँग धनकुटामा भेटघाट गरी धनकुटाका पत्रकारहरुको पेशागत तथा भौतिक सुरक्षाको वारेमा छलफल गरेका थिए ।
सो अवसरमा नेपाल प्रेस युनियनका पूर्वकेन्द्रिय उपाध्यक्ष तथा नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राई, नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष नगेन्द्र राई, पूर्वअध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ, उपाध्यक्ष विदुर खवास, सचिव हरिवहादुर लम्जेल, नेपाल प्रेस युनियनका प्रदेश कोषाध्यक्ष कविराज घिमिरे, जिल्ला सभापित बिनोद घिमिरे, पूर्वसचिव विकास घिमिरे लगायतका प्रेस युनियनका सदस्यहरुले धनकुटाको पत्रकारिताको अवस्था र पत्रकारहरुको पेशागत तथा भौतिक सुरक्षा दिन प्रतिदिन संकटमा पर्दै गएको बताए ।
नेपाल प्रेस युनियनका प्रदेश सचिव बिनय वाराकोटीले पत्रकारहरुको पेशागत तथा भौतिक सुरक्षाका लागी राज्यले उचित ध्यानदिनु पर्नेमा जोड दिए ।