धनकुटा । कोशी राजमार्ग अन्र्तगत धरान–धनकुटा सडक खण्डको साँगुरीगढी गाउँपालिका वडा नं. ७ गर्जुवामा मंगलवार साँझ मारुती भ्यान र मोटरसाइकल एक आपसमा ठोक्किदा गम्भिर घाइते बनेका मध्ये एक जनाको मृत्यु भएको छ । मोटरसाइकलको पछाडि बस्ने वर्ष २५ का दिवस तामाङको मृत्यू भएको हो । उपचारको लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याउने वित्तिक्कै दिवश तामाङलाई डाक्टरले मृत घोषणा गरेको थियो ।
अन्य घाइतेहरु मोटरसाइकल चालक साँगुरीगढी गउँपालिका वडा नंं ६ वस्ने वर्ष २२ अभिषेक लिम्बू, मोटरसाइकलको पछाडी सवार मारुती भ्यान चालक वर्ष ३० का तुलवहादुर राईको घोपामा उपचार भइरहेको छ । उनीहरुलाई तत्कालै उपचारको लागि घोपातर्फ पठाइएको थियो ।
भेडेटारबाट मुलघाट तर्फ जाँदै गरेको को १ च ३२८० नम्बरको मारुती भ्यान र विपरीत दिशाबाट जाँदै गरेको को ३३ प ८३५७ नम्वरको मोटरसाइकल एक आपसमा ठोक्दिा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक राजवावु महर्जनले बताए ।
घटनास्थलमा मुलघाट प्रहरी चौकी इन्चार्ज राजेन्द्र पाण्डेको कमाण्डमा टोली खटिएका छन् । दुर्घटनामा परेका मारुती भ्यान र मोटरसाइकललाई प्रहरी चौकी मुलघाटमा राखिएको छ । दुुर्घटना मंगलवार साँझ अन्दाजी पाैन ७ बजे भएको हुन सक्ने प्रहरीको भनाई छ । दुर्घटनाको कारण वारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।