धनकुटा । घरेलु तथा साना उद्योग कार्यालय धनकुटाकाे आयोजना तथा पाख्रिवास नगरपालिकाको समन्वयमा उपभोक्ता अधिकार सम्बन्धी उपभोक्ता र सरोकारवालाहरु वीच अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ ।
शुक्रवास पाख्रिवास नगरपालिकामा आयोजित कार्यक्रममा पाख्रिवास नगरपालिका नगर प्रमुख ज्ञानवहादुर गुरुङले उपभोक्ताहरु सचेत हुनु पर्नेमा जोड दिँदै उपभोक्ता अधिकारको वारेमा सवै उपभोक्ताहरुलाई सचेतना जगाउनु पर्नेमा जोड दिए ।
सहायक प्रमुख जिल्ला अधिकारी सहदेव रायमाझीले उपभोक्ता अधिकार सम्वन्धि ऐनमा व्यवस्था भएको वारेमा जानकारी गराउदै सो विषयमा सहजीकरण गरेका थिए ।
घरेलु तथा साना उद्योग कार्यालय धनकुटाका प्रमुख ईश्वर थापाको अध्यक्षतमा सम्पन्न भएको उक्त कार्यक्रममा धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई, नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष नगेन्द्र राई, उपभोक्ता मञ्चका अध्यक्ष विपिन श्रेठ, पाख्रिवास नगरपालिकाका वडा नं. ४ का वडाध्यक्ष सन्तोष मानन्धर, नेपाल घरेलु तथा साना उद्योग महासंघ धनकुटाका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ, भेटेरीनरी अस्पताल तथा पशु सेवा कार्यालय धनकुटाका प्रमुख लोकनाथ ढुंगाना, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनकुटाका प्रमुख आनन्द डंगोल, करदाता सेवा कार्यालय धनकुटाका प्रतिनिधि संजय पण्डित, डिभिजन वन कार्यालय धनकुटाका प्रतिनिधि कुमार धमला लगायतले उपभोक्ता अधिकार दिवसको महत्वको वारेमा प्रकाश पार्दै उपभोक्ता अधिकारको वारेमा सचेतना आवाश्यक रहेको वताएका थिए ।
कार्यक्रममा घरेलु कार्यालयका विकास कार्कीले स्वागत मन्तव्य राखेका थिए । भने कार्यक्रमको संचालन अर्जुन गिरीले गरेका थिए ।कार्यक्रममा पाख्रिवास नगरपालिकाकाका जनप्रतिनिधिहरु, व्यापारी उपभोक्ता तथा सरोकारवाला निकायका प्रतिनिधिहरु र विद्यार्थीहरुको सहागीता रहेको थियो ।