धनकुटा । नेपाली कांग्रेस धनकुटाले आगामी बैशाख १५ गते भित्र नयाँ सदस्यता वितरण र पुरानो नविकरण अभियान संचालन गर्ने निर्णय गरेको छ । साथै कोशी प्रदेश सरकार मन्त्री परिषदको बैठक पहिलो पटक धनकुटा बसेकोमा कोशी प्रदेश सरकारलाई धन्यवाद दिएको छ ।
नेपाली कांग्रेस धनकुटाका सभापति दिनेश राईको अध्यक्षतामा सम्पन्न जिल्ला पदाधिकारहिरुको बैठकले नेपाली कांग्रेसको क्रियाशील सदस्यता वितरण र नविकरण आगामी २०८१ वैशाख १५ गतेसम्म गर्ने र कोशी मन्त्री परिषद्को बैठक धनकुटास्थित मुख्य मन्त्री तथा मन्त्री परिषदको सम्पर्कमा कार्यालयमा पहिलो पटक वसेर विभिन्न महत्वपूर्ण निर्णयहरु गरेकोमा धन्यवाद दिने निर्णय गरेको जिल्ला सचिव विजय सन्तोष राईले वताए ।
उक्त बैठकमा नेपाली कांग्रेस धनकुटाका जिल्ला सभापति दिनेश राई, उपसभापति सुनिलकुमार डंगोल, सचिवहरु विजयसन्तोषी राई, जयन्द्र घिसिङ्ग, सहसचिव रोशन श्रेष्ठ, कोषाध्यक्ष सरस्वती मगर लगायतले अव नेपाली कांग्रेसलाई नयाँ ढंगबाट अगाडी बढाउदै जनताको चाहना र सवै कांग्रेसजनहरुको सहभागीमा संगठन विस्तार र सुदृढीकरण गर्ने वताए ।
धनकुटामा सम्पन्न कोशी प्रदेशको मन्त्रि परिषदको बैठकले कोशी नदीको त्रिबेणी नजिक धनकुटा जिल्लाको साँगुरीगढी वडा नं. १० मा पर्ने किराती समुदायको महत्वपूर्ण खुवालुङलाई सास्कृतिक तथा सामरिक महत्वको घोषणा गरी संरक्षण र प्रचार प्रसार गर्ने र कोशी प्रदेशको सरकारी कार्यालयहरुबाट प्रदान गरिने उपहारहरु र प्रयोग हुने सामाग्रीहरु कोशी प्रदेश भित्रै उत्पादन भएको समाग्रीहरु प्रयोग गर्ने निर्णय गरेको र प्रत्येक महिनामा कोशी प्रदेशको मन्त्रि परिषदको बैठक धनकुटा स्थित सम्र्पक कार्यालयमा एक पटक वस्ने निर्णय गरेकोमा समेत कोशी प्रदेश सरकारलाई नेपाली कांग्रेस धनकुटाले धन्यवाद दिने निर्णय गरेको नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले बताए ।