धनकुटा l चौविसे गाउँपालिका वडा नं. ६ शिखरपुरस्थित हात्तिटार खेल मैदानमा आगामी चैत्र २८ गतेदेखि दोस्रो जय दगलसिंह स्मृति गोल्डकप फुटवल प्रतियोगिता संचालन हुने भएको छ ।
हात्तिटार स्पोट्र्स क्लवको आयोजनामा आगामी चैत्र २८ देखि वैशाख १ गतेसम्म दोस्रो जय दगलसिंह स्मृति गोल्डकप फुटवल प्रतियोगिता संचालन हुन लागेको हो ।
गतवर्ष देखि सुरु भएको प्रतियोगिताको यो दोस्रो संस्करण हो । प्रतियोगिताको दोस्रो संस्करणमा ८ टिमको सहभागिता हुने आयोजक हात्तिटार स्पोट्र्स क्लवका अध्यक्ष रत्नबहादुर राईले बताए ।
प्रतियोगितालाई भव्य रुपमा संचालन गर्न चौविसे गाउँपालिका र साँगुरीगढी गाउँपालिका विशेष सहयोग प्राप्त भएको छ । त्यस्तै देश तथा विदेशमा रहेका सहयोगी दाताहरुलाई आर्थिक सहयोग प्राप्त भइरहेको अध्यक्ष राईको भनाई छ । नकआउट चरणमा हुने प्रतियोगितामा आयोजक सहित ८ टिमको सहभागिता रहेको छ । आयोजक वाहेक फाक्सिव फुटवल क्लव, डाँडाबजार फुटवल क्लव, युनिटी स्पोर्ट्स क्लव, सिसिडिआइसी फुटवल क्लव मौनावुधुक, देउराी यूवा क्लव, डाँगीहाट फुटवल क्लव र कटारी फुटवल क्लव छन् ।
खेलको प्रत्यक्ष प्रशारण प्रतियोगिताको अफिसियल मिडिया पार्टनर समेत रहेकाे मेरो गन्तव्य फेसवुक पेजले गर्नेछ ।
उद्घाटन खेल आयोजक र फाक्सिव वीच हुने :
प्रतियोगितामा उद्घाटन खेल आयोजक हात्तिटार स्पोर्टस् क्लव र फाक्सिव क्लव वीच हुनेछ । उद्घाटन खेल चैत्र २८ गते हात्तिटार खेल मैदानमा हुनेछ । क्लवले सार्वजनिक गरेको खेल तालिका अनुसार आयोजक र फाक्सिव वीचको पहिलो खेल विहान ११ बजे हुनेछ । सोही दिन सिसिडिआइसी फुटवल क्लव मौनावुधुक र देउराली यूवा क्लव वीच दिउँसो २ बजे हुने खेल तालिकामा उल्लेख छ ।