धनकुटा । नयाँ वर्ष २०८१ सालको अवसरमा पर्यटकीय स्थल भेडेटारमा साँंगितिक कार्यक्रम हुने भएको छ । न्यू पाथिभरा क्लवको आयोजनामा ‘दोस्रो भेडेटार सांगितिक साँझ–२०८१’ साँंगितिक कार्यक्रम हुन लागेको हो । क्लवले गतवर्ष पनि सांगितिक कार्यक्रमको आयोजना गरेको थियो ।
नयाँ वर्षलाई भव्य रुपमा स्वागत गर्न कार्यक्रमको आयोजना गरिएको न्यू पाथिभरा क्लवका सचिव दिपेन लिम्बूले बताए । भेडेटारको मुख्य चोकमा हुने कार्यक्रम २०८१ साल वैशाख १ गते साँझ ५ वजेदेखि सुरु हुनेछ । प्रवेश निःशुल्क छ ।
साँंगितिक कार्यक्रममा The crisis Band ले लाइभ प्रस्तुति गर्नेछ । त्यस्तै हालै सम्पन्न साँगुरीगढी खोजी प्रतिभा–२०८० का विजेता वसन्त राई, धरानको गरिमा डान्स सेन्टरका कलाकारको साथै स्थानीय कलाकारहरुको पनि प्रस्तुती रहनेछ ।
कार्यक्रमको सहआयोजक भेडेटार होटल एशोसिएशन र भेडेटार आमा समूह रहेको छ । मुख्य प्रायोजक गोर्खा बु्रअरी र मुख्य सहयोगीको रुपमा साँगुरीगढी गाउँपालिका, सहप्रायोजक एनएस कोल्ड सेन्टर भेडेटार छ ।