धनकुटा । धनकुटा उद्योग बाणिज्य संघले जिल्लाको सात वटै स्थानीय तहमा कर शिक्षा संचालनसँगै संघको सदस्यता वितरण र नविकरण गर्ने भएकाे छ ।
धनकुटा उद्योग वाणिज्य संघका अध्यक्ष विजयसन्तोषी राईको अध्यक्षतामा वसेकाे वैठकले स्थानीय तहहरुसँगको सहयोग र समन्वयमा धनकुटा जिल्लाकाो सात वटै पालिकामा कर शिक्षा संचालन गर्ने र धनकुटा उद्योग बाणिज्य संघको नयाँ सदस्यता वितरण र पुरानो नविकरण वैशाख मसान्तसम्म गर्ने निर्णय गरेको हो ।
संघ अन्तर्गत धनकुटा जिल्लाको सात वटै पालिकाको साधारणसभा जेष्ठ मसान्त सम्म र धनकुटा उद्योग बाणिज्य संघ जिल्लाको साधारणसभा असार मसान्तसम्म गर्ने निर्णय गरेको गरिएको अध्यक्ष विजयसन्तोषी राईले बताए ।
वैठकमा वरिष्ठ उपाध्यक्ष मन कुमारी(तारा) तितुङ्ग, महिला उपाध्यक्ष निर्मला राई, कोषाध्यक्ष रुपेश श्रेष्ठ, कार्यकारी सदस्यहरु रेवतीप्रसाद अधिकारी, नविन श्रेष्ठ, दिजेश शाक्य, अम्विका धमला, शोभा श्रेष्ठ, लिजा श्रेष्ठ, रेजिना पालिखे, उज्वल कर्माचार्य, रिदम श्रेष्ठ, राम घिसिङ्ग लगायतले आर्थिक संकटको कारण व्यापार व्यावसाय मारमा परेको वताउँदै राज्यले सहयोग गर्नु पर्ने धारणा राखेका थिए ।
बैक तथा वित्तिय संस्थाहरुले समयमा व्यापारी तथा व्यवसायहरुले ऋणको किस्ता तिर्न नसक्दा कालो सूचीमा राख्ने लिलामी गर्ने गरेकाले अहिले व्यवसायीहरुलाई ठूलो मार परेकाले कालो सूचीमा राख्ने र लिलामी गर्ने प्रक्रियालाई तत्काल रोक्नका लागी समेत धनकुटा उद्योग वाणिज्य संघले माग गरेको छ ।