धनकुटा । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आज धनकुटाको बसर्पाक स्थित सहिद स्तम्भमा नेपाल ट्रेड युनियन कांग्रेस धनकुटाले दीप प्रज्ज्वलन कार्यक्रमको आयोजना गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव तथा नेपाल ट्रेड युनियन कांग्रेसका पूर्वराष्ट्रिय प्रतिनिधि विजय सन्तोषी राईले कार्यक्रमको उद्घाटन गर्दै श्रम शक्ति नै राष्ट्रिय शक्ति भएकाले श्रमिकलाई उचित सम्मान गरी राष्ट्र निर्माणमा लगाउनु पर्नेमा जोड दिए ।
धनकुटा वसपार्क स्थित सहिद स्तम्भ परिसरमा नेपाली कांग्रेस धनकुटका जिल्ला सचिव विजय सन्तोषी राई, नेपाल ट्रेड युनियन कांग्रेसका केन्द्रिय सदस्य विगेन्द्र याक्खा, नेपाल शिक्षक संघका पूर्वप्रदेश उपाध्यक्ष गंगाराम ढुंगाना, नेपाल शिक्षक संघ धनकुटाका अध्यक्ष थिरेन्द्रवहादुर लिम्बुले संयुक्त रुपमा दिप प्रज्वलित गरी दिपावलीको शुभारम्भ गरेका थिए ।
नेपाल ट्रेड युनियन कांग्रेस धनकुटाका अध्यक्ष राजेश्वरवहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न दीप प्रज्ज्वलन कार्यक्रममा उद्देश्य माथि प्रकाश उपाध्यक्ष दिवस थापा र कार्यक्रमको संचालन सचिव ज्ञान मञ्जरी न्यौपानेले गरेकी थिइन् ।
सो अवसरमा ट्रेड युनियन कांग्रेस धनकुटाका उपाध्यक्ष रत्ना लिम्बु, नेपाल शक्षक महासंघ धनकुटाका सचिव घनेन्द्र सुब्बा, सहसचिव दिपेन्द्र राई, सदस्यहरु नर्वदा लिम्बु, ईश्वरी सुवेदी, नेपाल शिक्षक संघ धनकुटाका सचिवहरु रोहणी पाण्डे, भोला भट्टराई, नेपाल शिक्षक संघ धनकुटा नगर सचिव बिनोद सुवेदी, सदस्यहरु रामचन्द्र अधिकारी, विकाश श्रेष्ठ, धन खुलाल राई, नेपाल लोकतान्त्रिक अपाङ्ग संघ धनकुटाका अध्यक्ष प्रेम तुम्वाहाङ्ग, नेपाल पत्रकार महासंघका प्रदेश कार्य समितिका पूर्वउपाध्यक्ष स्मिता निरौला, धनकुटाका सचिव हरिवहादुर लम्जेल, प्रेस सेन्टरका सचिव बिपिन दाहाल लगायतले श्रमिक दिवसको महत्वको वारेमा प्रकाश पार्दै शुभकामना व्यक्त गरेका थिए ।