धनकुटा । ३१ औं विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघ, धनकुटा शाखाले कार्यालय परिसरमा दिप प्रज्ज्वलन कार्यक्रमको आयोजना गरेकाे छ ।
सो अवसरमा नेपाल पत्रकार महासंघ, धनकुटा शाखाका पूर्वअध्यक्ष तथा नेपाल प्रेस युनियनका निवर्तमान उपाध्यक्ष विजयसन्तोषी राई, धनकुटा जिल्ला महलक्ष्मी नगरपालिकाका निर्वतमान मेयर पर्शुराम नेपाल, नेपाल पत्रकार महासंघ धनकुटाका निवर्तमान अध्यक्ष तथा सल्लाहकार राजेश्वरवहादुर श्रेष्ठ, फोनिज प्रदेश अध्यक्ष सन्तविर लामा, नेपाल पत्रकार महासंघ धनकुटाका उपाध्यक्ष विदुर खवास, महिला उपाध्यक्ष देवकला कार्की, सचिव हरिबहादुर लम्जेल, सहसचिव ईश्वर थापा, कोषाध्यक्ष रबिन कटेल, सल्लाहकार स्मिता निरौला, पूर्वकोषाध्यक्ष नारायण आठपहरीया, कार्यसमिति सदस्यहरु विकास घिमिरे, विजयशेखर श्रेष्ठ, पत्रकारहरु शोविस चेम्जोङ, सन्तोष सुवेदी, विपिन दाहाल लगायतका संचारकर्मीहरुले दिप प्रज्ज्वलन गरी धनकुटाका पत्रकारहरुले एकआपसमा शुभकामना आदान प्रदान गरी विश्व प्रेस स्वतन्त्रता दिवस मनाए ।