धनकुटा । १६ औं संस्करणको सहिद भीमनारायण गोल्डकप फुटवल प्रतियोगिता अन्तर्गत सोमवार सम्पन्न खेलमा विभागीय टिम त्रिभुवन आर्मी क्लव पहिलो खेलवाटै वाहिरिएको छ ।
धनकुटा सदरमुकामस्थित तल्लो टुँडिखेलमा सम्पन्न क्वाटरफाइनल खेलमा त्रिभुवन आर्मी क्लव झापाको विर्तामोड युनाइटेड क्लवसँग १–० गोलअन्तरले पराजित भएको हो ।
झापाको जितमा एक मात्र निर्णायक गोल निरज कार्कीले खेलको ७६ औं मिनेटमा गरेका थिए । खेलको म्यान अफ दी म्याच झापाका एन्जल गुरुङ घोषित हुँदै नगद ५ हजार ५ रुपैया सहित ट्रफी प्राप्त गरे । १
६ औं संस्करणको गोल्डकपको विजेताले नगद ५ लाख रुपैया सहित ट्रफी र उपविजेताले नगद २ लाख ५० हजार रुपैया प्राप्त गर्ने छ ।
प्रतियोगिता सहिद भीमनारायण स्मृति प्रतिष्ठानको आयोजनामा संचालन भइरहेको छ । प्रतियोगिता अन्र्तगत भोलिको खेल लुम्विनी वुटवल क्लव र सुनसरीको राष्ट्रिय जागृति क्लव वीच प्रतिस्पर्धा प्रतिष्ठानका महासचिव राेशन श्रेष्ठले बताए ।
२०५५ सालमा स्थापित गोल्डकप सुरुका दुई वर्ष नियमित रूपमा सञ्चालन भएको थियो । त्यसपछि देशको तत्कालीन असहज परिस्थतिका कारण सञ्चालन हुन सकेन । २०६३ सालपछि गोल्डकप बर्सेनि सञ्चालन हुँदै आइरहेको छ । २०५५ सालमा धनकुटा नगरपालिका–६ का तत्कालीन वडाध्यक्ष राजेश्वर बहादुर श्रेष्ठले प्रतियोगिताको सुरुवात गरेका हुन् । नेपाल कांग्रेसका नेता सहिद भीमनारायण श्रेष्ठलाई विराटनगरमा राजा विरेन्द्रलाई बम हानेको आरोपमा पक्राउ गरी २०३५ सालमा तत्कालीन सरकारले गोली हानी हत्या गरेको थियो। उनलाई तत्कालीन सरकारले २०७३ सालमा राष्ट्रिय सहिद घोषणा गरेको थियो ।