धनकुटा । साँगुरीगढी गाउँपालिका वडा नं. ३ खुवाफोकमा जारी तेस्रो खुवाफोक गोल्डकप आयोजक सहित झापाको चुलाचुली र उदयपुरको डुम्रिबोटेले आ–आफ्नो खेल जित्दै सेमिफाइनलमा प्रवेश गरेका छन् ।
वुधवार विहान सम्पन्न खेलमा आयोजक खुवाफोक युनाइटेड क्लवले मौनावुधुकको सिसिडिआइसीलाई २–१ गोलअन्तरले पराजित ग¥यो । खुवाफोक आजको खेल जित्दै सेमिफाइनलमा प्रवेश गरेको छ । उक्त खेलको म्यान अफ द म्याच आयोजकका कप्तान नविन माझी घोषित भए । उनले नगद २ हजार रुपैया प्राप्त गरे । हिजो भारि वर्षा भएको कारण आयोजक र सिसिडिआइसी वीचको खेल स्थगित गरि आज विहान गराइएको थियो ।
त्यस्तै आज सम्पन्न पहिलो खेलमा वुढिमोरङको किरात यूवा क्लवलाई शुन्यका विरुद्ध तीन गोलअन्तरले पराजित झापाको चुलाचुली क्लव विजयी भएको छ । आजको खेल जित्दै चुलाचुली सेमिफाइनलमा प्रवेश गरेको छ । उक्त खेलमा चुलाचुलीका विदेशी खेलाडी फोफेना इब्राहाम म्यान अफ द म्याच घोषित हुँदै नगद २ हजार रुपैया प्राप्त गरे । फाइनल प्रवेशको लागि भोली चुलाचुलीले अलस्टार क्लव धरानसँग प्रतिस्पर्धा गर्नेछ । यी दुई टिम वीचको खेल भोली दिउँसो १ बजे हुनेछ ।
त्यस्तै दोस्रो खेलमा विजयीहुँदै उदयपुरको डुम्रिबोटे उदयपुर सेमिफाइनलमा प्रवेश गरेको छ । खुवाफोक खेल मैदानमा सम्पन्न खेलमा डुम्रिवोटे उदयपुरले फाक्सिव फुटवल क्लव माथि २–० को जित निकालेको हो । उक्त खेलको म्यान अफ दी म्याच उदयपुरका कृष्ण राई घोषित हुँदै नगद २ हजार रुपैया प्राप्त गरे । उदयपुरले फाइनल प्रवेशको लागि आयोजक सँग भोली नै प्रतिस्पर्धा गर्नेछ । यी दुई वीचको खेल भोली दिउँसो ३ बजे हुनेछ ।
आयोजक सहित ८ टिमको सहभागिता रहेको प्रतियोगिताको विजेताले विजेताले नगद १ लाख १ हजार १ सय ११ रुपैया र ट्रफी प्राप्त गर्नेछ । भने उपविजेता टिमले नगद ६० हजार ६ सय ६६ रुपैया र ट्रफी पाउनेछ । तेस्रो संस्करणमा पुरस्कार राशी वृद्धि गरिएको हो । गतसंस्करणको विजेताले नगद ८० हजार र उपविजेताले ४० हजार प्राप्त गरेका थिए ।
मेरो गन्तव्य फेसवुक पेजले प्रतियोगिताको प्रत्यक्ष प्रशारण गरिरहेको छ ।