धनकुटा l साँगुरीगढी गाउँपालिका वडास्तरीय दोस्रो रनिङ्ग शिल्ड भलिवल प्रतियोगिताको उपाधी पुरुषतर्फ वडा नं. ५ डाँडाबजार र महिलातर्फ वडा नं. ६ भेडेटारले जितेको छ ।
साँगुरीगढी गाउँपालिका वडा नं. ६ स्थित नाम्जे खेल मैदानमा बुधवार सम्पन्न महिलातर्फको फाइनल खेलमा ६ नं. वडा भेडेटारले ७ नं. वडा महाभारतलाई सोझो सेटमा पराजित गरेको थियो । उपाधीसँगै भेडेटारले नगद २० हजार रुपैया सहित ट्रफी, मेडल प्राप्त गर्यो । उपविजेता वनेको महाभारतले नगद १० हजार रुपैया सहित ट्रफी, मेडलमा चित्त वुझायो ।
त्यस्तै पुरुषतर्फको फाइनल खेलमा ५ नंं वडा डाँडाबजारले ६ नं. वडा भेडेटारलाई सोझो सेटमा पराजित गर्दै उपाधी जितेको छ । उपाधीसँगै डाँडाबजारले नगद ४० हजार रुपैया सहित ट्रफी, मेडल प्राप्त गर्यो । उपविजेता वनेको भेडेटारले नगद २० हजार रुपैया सहित ट्रफी, मेडलमा चित्त वुझायो ।
साँगुरीगढी गाउँपालिका स्तरीय खेलकुद विकास समितिको आयोजनामा संचालन भएको प्रतियोगितामा हरेक वडाबाट एक/एक वटा महिला तथा पुरुष टिमको सहभागिता रहेको थियो । विजेता तथा उपविजेता टिमका खेलाडीहरुलाई कार्यक्रममा प्रमुख अतिथि साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राई लगायतले पुरस्कार वितरण गरेका थिए । प्रतियोगिताको समापन समारोहको अध्यक्षता २ वडाका वडाध्यक्ष योगेन्द्र इवाहाङ र संचालन किशोर मञ्जुल काफ्लेले गरेका थिए ।