हरिबहादुर लम्जेल
धनकुटा l आयोजक रारा फुटवल क्लव राजारानीमा जारी ११ औं गोर्खा रारा गोल्डकप नकआउट फुटवल प्रतियोगिताको उपाधि नजिक पुगेको छ ।
सोमवार पुण्य माध्यमिक विद्यालयको खेल मैदानमा सम्पन्न सेमिफाइनल खेलमा डाँगीहाट युथ क्लव मोरङलाई २–१ गोलअन्तरले पराजित गर्दै आयोजक रारा फुटवल क्लव उपाधि नजिक पुगेको हो ।
आयोजक राराको जितमा शिशिर लेखसीले ३६ औं मिनेटमा र तायोले ४९ औं मिनेटमा गोल गरेका थिए । डागिहाटको लागि एक मात्र सान्त्वना गोल ३९ औं मिनेटमा सञ्जय श्रेष्ठले गरेका थिए । खेलको म्यान अफ द म्याच राराका छिरिङ गुरुङ घोषित हुँदै नगद ७ हजार रुपैया सहित ट्रफी प्राप्त गरे ।
उपाधीको लागि आयोजक राराले भोली हुने झापाको विर्तामोड युनाइटेड क्लव र साविक विजेता सिरहाको सलहेश क्लव वीचको विजेतासँग आगामी जेठ १६ गते प्रतिस्पर्धा गर्नेछ । भाेलि फाइनल प्रवेशका लागि विर्तामोड युनाइटेड र सलहेश क्लव वीच प्रतिस्पर्धा हुनेछ ।
रारा फुटबल क्लब, राजारानी, धनकुटाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले २ लाख ५० हजार प्राप्त गर्नेछ । त्यस्तै विधागत रुपमा उत्कृष्ट हुने खेलाडीहरुलाई नगद सहित पुरस्कारको व्यवस्था समेत गरिएको छ ।