संखुवासभा । संचारकर्मी दुर्गेश पाैडेलले आफ्नो जन्मदिनको अवसरमा विद्यार्थीहरुलाई स्टेशनरी वितरण गरेका छन् ।
धर्मदेबी नगरपालिका वडा नं. ६ स्थित विश्वज्योति आधारभूत विद्यालयका विद्यार्थीहरुलाई संचारकर्मी पौडेलले एक कार्यक्रमका बिच स्टेशनरी वितरण गरेका हुन् ।
जन्मदिनको अवसरमा हरेक वर्ष वडा नं. ६ का कुनै एक सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गर्ने कार्यक्रम राखेको र यो पटक विश्वज्योति आधारभूत विद्यालयमा अध्ययनरत २१ जना विद्यार्थीहरुलाई प्रति व्यक्ति एक दर्जन कपि र डटपेन वितरण गरेका संचारकर्मी पाैडेलले बताए ।
सहयोग प्रति विद्यालयका प्रधानाध्यापक गायत्र महतले धन्यवाद व्यक्त गरे । कार्यक्रममा उपस्थित विद्यालय व्यवस्थापन समिति अध्यक्ष दावा लामा, टोल विकास संस्थाका अध्यक्ष श्यामबहादुर गुरुङले यस्ता किसिमका रचनात्मक कामले सामुदायिक विद्यालयमा अध्ययरत विद्यार्थीहरुकाे शैक्षिकस्तर उकास्न सहयोग पुग्ने बताएका थिए ।
संचारकर्मी पाैडेल धर्मदेवी नगरपालिका केन्द्र मुढेशनिश्चरेबाट संचालित रेडियो नयाँ अभियान एफएफका स्टेशन म्यानेजर समेत हुन् । नेपाल पत्रकार महासंघ संखुवासभा शाखाका कार्यसमित सदस्य समेत रहेका उनी नेपाल प्रेस युनियन संखुवासभाका उपाध्यक्ष समेत हुन् ।