धनकुटा । साँगुुरीगढी गाउँपालिका वडा नं. ४ फाक्सिवमा आजदेखि सुरु भएको पाँचौ फाक्सिव गोल्डकप फुटवल प्रतियोगितामा विजयी हुँदै पंचायन एफसी र खुवाफोक एफसी सेमिफाइनलमा प्रवेश गरेको छ ।
फाक्सिव खेल मैदानमा सम्पन्न उद्घाटन खेलमा पाथिभरा एफसीलाई २–१ गोलअन्तरले पराजित गर्दै पंचायन एफसी सेमिफाइनल प्रवेश गरेको हो । पंचायन एफसीको जितमा सन्दिप लिम्बू र तिर्थ वस्नेतले गोल गरेका थिए । भने पाथिभरा एफसीको लागि एकमात्र सान्त्वना गोल सजिस राईले गरेका थिए । उक्त खेलको म्यान अफ दी म्याच पंचायनका कप्तान समेत रहेका तिर्थ वस्नेत घोषित भए । उनले नगद २ हजार रुपैया प्राप्त गरे ।
आजै सम्पन्न दोस्रो खेलमा मौनावुधुकको सिसिडिआइसी एफसीलाई शुन्यका विरुद्ध २ गोलअन्तरले पराजित गर्दै खुवाफोक युनाइटेड सेमिफाइनल पुग्ने दोस्रो टोली वन्यो । खुवाफोकको जितमा साइलेन्द्र नेपाल र नविन माझीले एक÷एक गोल गोल गरेका थिए । उक्त खेलको म्यान अफ द म्याच खुवाफोक युनाइटेडका साइलेन्द्र नेपाल घोषित भए । उनले नगद २ हजार रुपैया प्राप्त गरे ।
खेलकुद तथा साँस्कृतिक विकास महोत्सव संचालन समितिको आयोजनामा तथा फाक्सिव फुटवल क्लवको व्यवस्थापनमा सुरु भएको प्रतियोगितामा आयोजक सहित ८ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार १ सय ११ रुपैया, ट्रफी र उपविजेता टिमले ६० हजार ६ सय ६६ रुपैया सहित ट्रफी प्राप्त गर्नेछ । प्रतियोगिताको सहयोगीको रुपमा साँगुरीगढी गाउँपालिका र ४ नं. वडा कार्यालय रहेको छ ।
भोलि शनिवार क्वाटरफाइनलका दुई खेल संचालन हुनेछ । दिउँसो १ बजे हुने पहिलो क्वाटरफाइनल खेलमा सिर्जनशील एफसी र संजीवनी एफसी प्रतिस्पर्धा गर्नेछन् । त्यस्तै दिउँसो ३ बजे हुने दोस्रो क्वाटर फाइनल खेलमा छथरजोरपाटी एफसी र फाक्सिव एफसी वीच हुनेछ । दुवै खेलमा विजयी हुने टिम सेमिफाइनलमा प्रवेश गर्नेछ ।
प्रतियोगिताको समुद्घाटन प्रमुख अतिथि साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईले गरेका थिए ।
खेलको प्रत्यक्ष प्रशारण मेरो गन्तव्य फेसवुक पेजले गरिरहेको छ ।