धनकुटा २० बैसाख ।
प्रदेश नम्वर १ स्तरीय महिला भलिवलको फाईनलमा सुनसरी र संखुवासभा जिल्लावीच भोली बैशाख २१ ग्ते विहान तल्लो टुडिखेलमा प्रतिस्पर्धा हुने प्रतियोगिता सञ्चालन समितिका संयोजक मनकुमारी तितुङ्गले जानकारी दिईन ।
आज सम्पन्न सेमिफाईनल खेलमा संखुवासभाले भोजपुरलाई सिधा सेटले हराउदै फाईनलमा प्रबेश गरका थिए । यस्तै सुनसरीले झापालाई हराउँदै प्रतिस्पर्धात्मक खेलमा हराउँदै फाईनलमा प्रवेश गरेको प्रतियोगिता प्रचार प्रसार समितिका संयोजक विजय घिमिरेले जानकारी दिए । पहिलो र दोस्रो खेल झापााले जितेका थिए । तर, तेस्रो, चौथो र अन्तिम पाँचौं खेल सुनसरीले जितेका थिए ।
प्रतियोगितामा प्रथम हुने टोलीले १ लाख नगदसहित शिल्ड प्राप्त गर्ने छ भने दोस्रो हुने टोलीले नगद ५० हजार पुरस्कार प्रमाण पत्र, मेडल प्राप्त गर्ने छ । यसैगरी व्यतिmगत विद्यातर्फ उत्कृष्ठ हुने खेलाडीलाई नगद ५ हजारको दरले पुरस्कृत गरिने संयोजक तितुङ्गले जानकारी दिईन । प्रतियोगितामा प्रदेश नं. १ का ११ जिल्लाले प्रतिस्पर्धा गरेका थिए ।