• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
आइतवार, माघ १५, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

आयोजक धनकुटालाई पराजित गर्दै विर्तामोड यूनाइटेड क्लव सेमिफाइनलमा

झापासँग धनकुटा ७-0 ले पराजित

Dhankuta News by Dhankuta News
२०७६, ३० बैशाख सोमबार ०७:११
0
0
SHARES
29
VIEWS
Share on FacebookShare on Twitter
आयोजक धनकुटालाई पराजित गर्दै विर्तामोड यूनाइटेड क्लव सेमिफाइनलमा

आयोजक धनकुटा र झापाको विर्तामोड युनाइटेड क्लव वीचको खेलमा वलका लागि प्रतिस्पर्धा गर्दै खेलाडी

धनकुटा । १३ औं संस्करणको उपविजेता झापाको विर्तामोड युनाइटेड क्लव धनकुटामा जारी १४ औं संस्करणको सहिद भीमनारायण गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सदरमुकामस्थित तल्लो टुडिखेलमा सोमवार सम्पन्न दोस्रो क्वाटरफाइनल खेलमा आयोजक धनकुटालाई ७–० को फराकिलो गोलअन्तरले पराजित गर्दै झापाको विर्तामोड युनाटेड क्लव सेमिफाइनल पुग्ने दोस्रो टिम वन्न सफल भएको हो ।

यसअघि आइतवार सम्पन्न उद्घाटन खेलमा भारतको रोयल एफसीलाई सदनडेथमा पराजित गर्दै मोरङको विन्ध्यावासिनी क्लव सेमिफाइनल पुगिसकेको छ ।

झापाको जितमा विकेश लिम्बुले ह्याट्रिक पुरा गरे । त्यस्तै मनिस थापाले दुई, राजकुमार कन्दङ्वा र एञ्जेल गुरुङले एक÷एक गोल गरे ।
एकपक्षिय खेलमा पहिलो हाफ देखि नै आयोजक धनकुटालाई झापाले लगातार दवावमा राखेको थियो । पहिलो हाफमा नै झापाले धनकुटा विरुद्ध दुई गोलको अग्रता बनाएको थियो । दोस्रो हाफमा एक पछि अर्को दवाव सिर्जना गर्दै पाँच गोल गर्न सफल भयो । आयोजक धनकुटाले घरेलु मैदान र दर्शकको साथ पाएपनि त्यसको फाइदा उठाउन सकेन ।

खेल सुरु भएको ९ औं मिनेटमा गोल गर्दै मनिषले झापालाई सुरुवाती अग्रता दिलाए । त्यस्तै झापाकै विकेशले खेलको ३६ औं मिनेटमा दर्शनीय गोल गर्दै अग्रता दोब्बर बनाए । उनले डिवक्स एरिया भित्रवाट विपक्षी गोलकिपरलाई विट गर्दै सुन्दर गोल गरे ।

दोस्रो हाफमा पनि झापाले आयोजक धनकुटालाई निरन्तर दवावमा राख्न सफल भयो । पूनः विकेशले नै ५६ औं मिनेटमा गोल गरे । उनले ८७ औं मिनेटमा पून अर्को गोल थप्दै ह्याट्रिक पुरा गरे । झापाका एञ्जल गुरुङले ६२ औं र राजुकुमार कन्दङ्वाले ९१ औं र मनिष थापाले ९२ औं मिनेटमा गोल गर्दै जीत सुनिश्चित गरे ।

झापाको निरन्तर दवावको वाजजुद पनि आयोजक धनकुटाका खेलाडीले केही राम्रा अवसर सिर्जना गर्दै गोल गर्ने प्रयास गरेका थिए । पहिलो हाफमा धनकुटाका इनाम तामाङ, सञ्जय रम्तेल गोल गर्नवाट चुकेका थिए । उनीहरुको प्रयास गोलपोष्ट माथिवाट वाहिरिएको थियो ।

आज सम्पन्न खेलको म्यान अफ दी म्याच ह्याट्रिककर्ता झापाका विकेश लिम्वु घोषित हुँदै ५ हजार जित्न सफल भए । झापा १३ औं संस्करणको भीम नारायण गोल्डकपको उपविजेता समेत हो ।उनलाई निगाले सिमेन्टका सञ्चालक दिनेश पौडेलले पुरस्कार प्रदान गरेका थिए ।
खेलपछि प्रतिक्रिया दिँदै झापाका प्रशिक्षक सन्तोष राईले आजको जीतलाई खेलाडी विच तालमेल र मेहनतले हासिल भएको बताए ।
‘४ गोलले जित्छौं जस्तो लागेको थियो । निरन्तरको दवावले स्कोर वढ्यो’ उनले भने ‘गतवर्ष उपविजेतामा चित्त वुझाएको थियौ । यो पटक उपाधी जित्ने लक्ष्य लिएर आएका छौं । जित्नेमा विश्वस्त छौं ।’ आयोजक धनकुटाका प्रशिक्षक सरिन प्रधानले खेलाडी विच तालमेल नहुँदा पराजय भोग्नु परेको बताए । यही टोलिले तीन दिन अघि वसन्तपुरमा सम्पन्न प्रदेश स्तरीय फुटवल प्रतियोगितामा उपविजेता भएको थियो ।

साेमवार नाइजेरियन टोली डाउफिन्स क्लव र धरान फुटवल क्लव वीच हुने आयोजक समितिका महासचिव रोशन श्रेष्ठले बताए ।

१४ औं संस्करणको विजेताले नगद ४ लाख र ट्रफि, उपविजेताले २ लाख र ट्रफि आयोजक समितिका संयोजक शम्भु प्रधानले बताए ।

 

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

१४ औं सहिद भीमनारायण गोल्डकप : मोरङको विन्ध्यावासिनी क्लब सेमिफाइनलमा

Next Post

सहिद भीमनारायण गोल्डकप: धरान माथि डाउफिन्सको फराकिलो जित

Next Post
सहिद भीमनारायण गोल्डकप: धरान माथि डाउफिन्सको फराकिलो जित

सहिद भीमनारायण गोल्डकप: धरान माथि डाउफिन्सको फराकिलो जित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

मणि र शुसानको जोडीलाई ब्याडमिन्टन प्रतियोगिताको उपाधी

January 29, 2023
धनकुटा महोत्सवको प्रवेशद्वार गेटमा ठेलमठेल हुँदा २४ जना घाइते, महोत्सव अनिश्चितकालसम्म स्थगित

धनकुटा महोत्सवको प्रवेशद्वार गेटमा ठेलमठेल हुँदा २४ जना घाइते, महोत्सव अनिश्चितकालसम्म स्थगित

January 28, 2023
मन्त्री राजेन्द्र राईको पारिश्रमिकबाट आगलागी पीडितलाई सहयोग

मन्त्री राजेन्द्र राईको पारिश्रमिकबाट आगलागी पीडितलाई सहयोग

January 26, 2023
निशानदेवी मन्दिरमा दुई सय वर्ष पुरानो ढुंगेधारा पुनर्स्थापित

निशानदेवी मन्दिरमा दुई सय वर्ष पुरानो ढुंगेधारा पुनर्स्थापित

January 26, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..