• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
शुक्रबार, माघ २०, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

एपिएफलाई सहिद भीमनारायण गोल्डकपको उपाधी

पेनाल्टी सुटआउटमा दाउफिन्स ३-२ गोलअन्तरले पराजित

Dhankuta News by Dhankuta News
२०७६, ३ जेष्ठ शुक्रबार २२:४२
0
0
SHARES
49
VIEWS
Share on FacebookShare on Twitter
एपिएफलाई सहिद भीमनारायण गोल्डकपको उपाधी

१४ औं सहिद भीमनारायण गोल्डकपको उपाधी सहित सशस्त्र प्रहरी बलको एपिएफ क्लवका खेलाडी

धनकुटा । १४ औं संस्करणको सहिद भीमनारायण गोल्डकपको उपाधी सशस्त्र प्रहरी बलको एपिएफ क्लवले जितेको छ ।
सदरमुकाम स्थित तल्लो टुँडिखेलमा शुक्रवार सम्पन्न फाइनल खेलमा क्यामरुन टोली दाउफिन्स फुटबल क्लवलाई पेनाल्टी सुटआउटमा ३–२ गोल अन्तरले पराजित गर्दै एपिएफले उपाधी जितेको हो ।

विजेता एपिएफले भीमनारायण गोल्डकपको ट्रफी सहित नगद ४ लाख रुपैया जित्न सफल भयो । भने उपविजेता भएको दाउफिन्सले फस्ट रनरअप सहित नगद २ लाख रुपैयामा चित्त बुझायो ।

निर्धारित समयको खेल दुवै टिमको २÷२ गोलको बरावरी सकिएपछि विजेताको टुंगो पेनाल्टी सुटआउटबाट लिइएको छ । रेफ्रिले समय अभावको कारण देखाउँदै अतिरिक्त समय नखेलाइ सोझै पेनाल्टी सुटआउटमा खेलाएको थियो ।

पेनाल्टी सुटआउटमा एपिएफका रभि थिङ, घनश्याम थारु र हरि कार्कीले गोल गरेका थिए । भने वुद्धि राईको प्रहार दाउफिन्सका गोलकिपर प्रिसोले पञ्च गर्दै रोकेका थिए ।

त्यस्तै दाउफिन्सको तर्फवाट पेंटगा र गोलकिपर प्रिसोले मात्रै गोल गर्न सफल भए । नज्मा यानीक, मेसोके र यानीक वोआना गोल गर्न असफल रहे । यानीकले प्रहार गरेको गोलपोष्ट भन्दा माथीवाट वाहिरिएको थियो । मेसोके र वोआनाको प्रहार एपिएफका गोलकिपर अमृत चौधरीले रोकेका थिए ।

पहिलो हाफको ४० औं मिनेटमा यानिक वोआनाले गोल गर्दै दाउफिन्सलाई सुरुवाती अग्रता दिलाएका थिए । उनले डिवक्स एरियाबाट प्रहार गरेको शसक्त प्रहारले गोलपोष्टको जाली चुमेको थियो ।

पहिलो हाफ सकिदाँ दाउफिन्स १–० ले अगाडी रहेको थियो । तर खेलको ६० औं मिनेटमा एपिएफका रभि थिङले पेनाल्टी मार्फत गोल गर्दै खेल वरावरीमा ल्याए । दाउफिन्सका डिफेन्डर नज्मा यानिकले विपक्षी खेलाडी सुमित आलेमगरलाई डिवक्स एरियाभित्र फल गरेपछि एपिएफले पेनाल्टीको मौका पाएको थियो । सो पेनाल्टीका अवसरलाई सदुप्रयोग गर्दै रभिले गोल गरे ।

एक÷एक गोलको वरावरी भएपछि दाउफिन्सले आक्रमक खेल पस्किन थाल्यो । खेल वरावरी भएको ७ मिनेट पछि अर्थात ६७ औं मिनेटमा दाउफिन्सका पेंटगाले हेड मार्फत गोल गर्दै पूनः अग्रता दिलाए । नग्मा यानिकले फ्रिकिकवाट उपलब्ध गराएको सुन्दर पासलाई पेंटगाले सदुप्रयोग गर्दै हेडिङ मार्फत गोल गरे ।

निर्धारित समय सकिन करिव १ मिनेट वाँकी छदा एपिएफका रभि थिङले दिलाएको पासलाई सदप्रयोग गर्दै महेश लामाले गोल गर्दै खेल २–२ गोल को वरावरीमा ल्याए ।

खेल अवधिभर दुवै टिमका खेलाडी केही राम्रा अवसर सिर्जना गरेपछि गोल गर्नबाट चुके । विशेष गरी एपिएफको भन्दा दाउफिन्सका खेलाडीहरु केही राम्रा अवसर पाए पनि गोल गर्न सकेनन् ।

फाइनल खेलको म्यान अफ दी म्याच एपिएफका सुमित आले मगर घोषित भए । उनले नगद पाँच हजार सहित मेडल हात पारे ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी एपिएफ रभि थिङ भए । उनले नगद २० हजार र मेडल प्राप्त गरे । विधागत तर्फ उत्कृष्ट गोलकिपर पुरस्कार एपिएफ अमृत चौधरी भए । सोही क्लवका सरोज कोइराला उत्कृष्ट डिफेन्डर, सुदिप श्रेष्ठ उत्कृष्ट प्रशिक्षक घोषित भए । त्यस्तै दाउफिन्सका एरियल इनामे उत्कृष्ट मिडफिल्डर, यानिक ओआना उत्कृष्ट स्टाइकर घोषित भएका थिए । उनीहरुले जनही १० हजार रुपैया र मेडल प्राप्त गरे ।

विजेता एपिएफका प्रशिक्षक सुदिप श्रेष्ठले दाउफिन्स जस्तो बलियो टिमलाई पराजित गरेर उपाधी जित्न पाउँदा खुसी लागेको बताए । ‘खेलाडीले सोचे अनुरुप खेल्दा जित सम्भव भयो’ उनले भने ‘आजको जीतको श्रेय सम्पूर्ण खेलाडीमा जान्छ’ यस प्रतियोगितामा एपिएफले ‘वी’ समुहको टोली ल्याएको उनले बताए । यता दाउफिन्सका टिम म्यानेजर आशिक थापा मगरले खेलाडीले थप स्कोर नवनाइ स्वार्थी खेल खेलेको कारण हार भएको प्रतिक्रिया दिए । कार्यक्रमका प्रमुख अतिथि तथा अखिल नेपाल फुटवल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पा, वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङ खेलाडीलाई पुरस्कार वितरण गरेका थिए ।

सहिद भीमनारायण गोल्डकप फुटवल प्रतियोगिताको स्थापना २००५ सालमा नेपाली कांग्रेसका नेता सहिद भीमनारायण श्रेष्ठको नामबाट गरिएको हो । सहिद श्रेष्ठलाई विराटनगरमा राजा विरेन्द्रलाई बम हानेको आरोपमा पक्राउ गरि २०३५ शालमा तत्कालिन सरकारले गोली हानी हत्या गरेको थियो । श्रेष्ठलाई गतवर्ष सरकारले सहिदको रुपमा सुचिकृत गरेको थियो । श्रेष्ठको स्मृतिमा हरेक वर्ष यस प्रतियोगिता सञ्चालन हुँदै आइरहेको छ । यस प्रतियोगिता सञ्चालन समितिको संस्थापक अध्यक्ष नेपाल पत्रकार महासंघ धनकुटाका वर्तमान अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठ हुन् ।

पूर्वसंयोजक तथा प्रशिक्षक सम्मानित ः
यसैगरी प्रतियोगिताको समापन कार्यक्रमको अवसर पारेर आयोजक सहिद भीमनारायण स्मृति प्रतिष्ठानले प्रतियोगिताको पूर्वसंयोजक तथा फुटवल प्रशिक्षकलाई सम्मान गरिएको छ । सो गोल्डकप प्रतियोगिता प्रतिष्ठानले संचालन गर्नुपूर्व रहेको आयोजक समितिका संयोजक रहेका अशोक भगत श्रेष्ठ र फुटवल प्रशिक्षक सुमन श्रेष्ठले जिल्लाको फुटवलको क्षेत्रको विकास लागि योगदान पुर्याएको भन्दै सम्मान गरिएको हो । सम्मानित भएका श्रेष्ठद्वयलाई एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले सम्मान पत्र र खादा लगाएर सम्मान गरे l

दुई पत्रकार पुरस्कृत ः

१४ औं संस्करणको सहिद भीमनारायण गोल्डकप अवधिभर उत्कृष्ट समाचार सम्प्रेषण गरेको भन्दै दुई जना पत्रकारलाई आयोजक समितिले पुरस्कृत गरेको छ । पुरस्कृत हुनेमा प्रिन्ट मिडिया तर्फ अन्नपूर्ण पोष्ट दैनिक तथा एपिवान टेलिभिजनका धनकुटा संवाददाता हरिबहादुर लम्जेल र कान्तिपुर टेलिभिजनका धनकुटा संवाददाता विनोद घिमिरे रहेका छन् । उनीहरुलाई आयोजक सहिद भीमनारायण स्मृति प्रतिष्ठानका अध्यक्ष पुरेन्द्रलाल श्रेष्ठले जनही दुई हजार पाँच सय सहित प्रमाण पत्र प्रदान गरे ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

मिडिया विधेयकको विरोधमा धनकुटाका पत्रकार सडकमा उत्रिए

Next Post

विश्रान्ती बृद्धाश्रममा आश्रित बृद्धाहरुलाई समाजद्वारा सम्मान

Next Post
विश्रान्ती बृद्धाश्रममा आश्रित बृद्धाहरुलाई समाजद्वारा सम्मान

विश्रान्ती बृद्धाश्रममा आश्रित बृद्धाहरुलाई समाजद्वारा सम्मान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

घाइतेको उपचारका लागि वडाध्यक्ष घिमिरेले एक महिनाको पारिश्रमिक उपलब्ध गराउने

घाइतेको उपचारका लागि वडाध्यक्ष घिमिरेले एक महिनाको पारिश्रमिक उपलब्ध गराउने

February 3, 2023
नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

February 2, 2023
कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

February 1, 2023
आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ महिला फुटवल प्रतियोगिता

आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ अन्तरपालिका महिला फुटवल प्रतियोगिता

February 1, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..