धनकुटा १८ जेष्ठ ।
नेपाल महिला संघको १ नम्वर प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रमको पूर्व उपप्रधान तथा गृहमन्त्री एवम् नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधिले उद्घाटन गरेका छन् । सो अवसरमा उपसभापति निधिले राज्यको हरेक निकायहरुमा महिलाहरुको अर्थपूर्ण सहभागिता भएमात्र मुलुकको समानुपातिक विकास र समृद्धी हुने बताए । उनले नेपाली कांग्रेसले नै महिलाहरुलाई समावेशी ढंगले हरेक क्षेत्रमा प्रतिनिधित्वको सुनिश्चित गर्दै आएकोसमेत बताए ।
सो कार्यक्रम नेपाल महिला संघका केन्द्रिय अध्यक्ष तथा प्रतिनिधि सभाका सांसद उमा अधिकारीको अध्यक्षतमा सम्पन्न भएको थियो । सो कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा अनुशासन समितिका संयोजक भिष्मराज आङ्देम्बे, केन्द्रिय सदस्य तथा सचेतक पुष्प भुसाल, केन्द्रिय सदस्य तथा पूर्वमन्त्री मिन विश्वकर्मा, केन्द्रिय सदस्य तथा पूर्वराज्यमन्त्री सीता गुरुङ, महिला संघका पूर्व केन्द्रिय अध्यक्ष तथा प्रतिनिधि सभाका ससंसद डा. डिला संग्रौला, राष्ट्रिय सभाका सदस्य तथा यूवा नेता रमशेजंग रायमाझी, महिला संघकी महासचिव तथा राष्ट्रिय सभाका सदस्य धना खतिवडा, प्रतिनिधि सभाका सदस्य महेन्द्र लिम्बु, कांग्रेस धनकुटाका सभापति अग्नीप्रसाद पौडेललगायतले मन्तव्य राखेका थिए । उनीहरुले अहिले पनि महिलाहरुको राज्यको अंगहरुमा सहभागिता पर्याप्त नभएकाले केहि समयका लागि ५१ प्रतिशत सहभागीता गराउनु पर्ने बताएका थिए ।
प्रशिक्षण कार्यक्रममा १ नम्वर प्रदेशका १४ वटै जिल्लाहरुका ७० जना सहभागीहरुले भाग लिएका छन् । कार्यक्रम नेपाल महिला संघ धनकुटाको स्थानीय व्यवस्थापन र महिला संघ केन्द्रिय समितिको आयोजनामा भएका नेपाल महिला संघ धनकुटाका अध्यक्ष तथा १ नम्वर प्रदेश सभाका सदस्य लिला सुब्बाले जानकारी दिईन् । कार्यक्रमको संचालन नेपाल महिला संघकी महासचिव मञ्जु खाँडले गरेकि थिईन ।