धनकुटा । ग्रामीण सडकहरुमा हरितपेटी तथा एकिकृत संरक्षण गर्ने उदेश्यसहित महालक्ष्मी नगरपालिका–३ स्थित मुढे–डाँडा गाउँ चानुवा जोड्ने सडक खण्डमा विभिन्न प्रजातीका घाँस, रुख र वोट विरुवा तथा सौन्दर्यपरक विरुवा रोपन गर्ने कार्य थालनी भएको छ ।
संघीय सरकारको सर्शत कार्यक्रम अन्र्तगत भु तथा संरक्षण तथा जालाधार व्यवस्थान कार्यालय धनकुटा मार्फत सो सडकको ३ किलोमिटर खण्डमा दाँयावायाँ तर्फ क्रिसमस ट्रि, गोल्डेन धुपी, लण्डन धुपी, क्यामेलिया, वेगम वेली लगायत विभिन्न प्रजातीका विरुवा रोप्ने कार्य वातावरण दिवसको अवसर पारेर थालनी गरिएको हो ।
एक कार्यक्रमको वीच वडाध्यक्ष भरत थापाले सडक खण्डमा पर्ने वाटाखर्क टोलमा सडक छेउमा क्रिसमस ट्रि र गोल्डेन धुपीको विरुवा रोपेर कार्यक्रमको औपचारिक सुरुवात गरेका थिए ।
उद्घाटन कार्यक्रममा मन्तव्य राख्दै वडाध्यक्ष थापाले महालक्ष्मी नगरक्षेत्रको पर्यटकीय गन्तव्यको रुपमा सम्भावना वोकेको यस डाडाँगाउँलाई यो कार्यक्रमले थप पर्यटन प्रवद्र्धन गर्न सहयोग पुग्ने बताए ।
उनले आफ्नो कार्यकाल अवधी भर वडाको पर्य टकीय क्षेत्रमा थप पूर्वाधार निमार्ण गर्दै वडालाई सुन्दर र नमुना वडा बनाउन सक्दो प्रयास तथा पहल गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । साथै उनले यस कार्यक्रम संचालन गर्न सहयोग गर्ने भु तथा संरक्षण कार्यालयलाई धन्यवाद ज्ञापन गरे ।
पुस १६ गते देखि सुरु भएको सो कार्यक्रम आगामी असार १५ गते भित्र सम्पन्न भइसक्ने छ । कार्यक्रमको कुल लागत ३६ लाख २३ हजार ३ सय ४८ रहेको छ । जसमध्ये भु तथा संरक्षण तथा जालाधार व्यवस्थान कार्यालयको ३० लाख र जनश्रमदान ६ लाख २३ हजार ३ सय ४८ रुपैया छ ।
सो कार्यक्रम मार्फत ३ किलोमिटर सडक खण्डको विभिन्न स्थानमा ग्याविन चारजाली लगाउने कार्य सम्पन्न भइसकेको छ भने हाल सडक खण्डको दाँयावाया विभिन्न प्रजातीका विरुवा रोप्ने कार्य सुरु गरिएको लालीगुराँस ग्रामीण हरित पेटी निर्माण तथा संरक्षण उपभोक्ता समितिका केशरवहादुर गुरुङले बताए ।