धनकुटा । धनकुटामा जारि जिल्ला स्तरीय एन्फा लिग फुटवल प्रतियोगितामा लिग चरणको खेल सम्पन्न भएको छ । सोमवार देखि नकआउट चरणको खेल हुँदैछ ।
नकआउट चरणमा ८ वटा टीम पुगेका छन् । नकआउट चरणको पहिलो खेलमा नवप्रभात क्लवले देउराली युवा क्लवसँग खेल्दैछ । त्यस्तै निशान यूवा क्लव र हिलेको जनचेतना पुस्तकालय, मौनावुधुक र वौद्धिका विकास र रारा युवा समाज र मार्गादेवी युवा क्लव वीच खेल हुने जिल्ला फुटवल संघ धनकुटाका अध्यक्ष गोविन्द राईले बताए ।
प्रतियोगिताको फाइनल खेल आगामी जेष्ठ २९ गतेसम्म हुने छ ।