ऐतिहासिककालदेखि प्रशासनिक, न्यायिक तथा शैक्षिक केन्द्रका रुपमा स्थापित धनकुटा प्रदेश १ को राजधानी बन्न नसके पछि धनकुटामा आन्दोलन चर्कियो । त्यो आन्दोलनलाई सुरक्षित रुपमा अवतरण गर्नका लागि मुख्यमन्त्री शेरधन राईबाट राजधानीका विकल्पका रुपमा केहि मागहरु भए पुरा गर्ने आश्वासन दिएका थिए ।
त्यससमय आन्दोलनकारीहरुले १३ बुँदे माग प्रस्तुत गरेका थिए । त्यो मागमा पहिलो नम्वरमा प्रदेशस्तरीय शिक्षण अस्पताल धनकुटामा हुनुपर्ने माग थियो । यस्तै मुख्यमन्त्रीको सम्पर्क कार्यालय, यातायातको कार्यालय, स्थापना गरिएको विभागस्तरको शिक्षा तथा स्वास्थ्य कार्यालयहरुलाई अधिकार सम्पन्न बनाउनु पर्नेलगायतका मागहरु थिए । तीमध्ये मुख्यमन्त्रीको सम्पर्क कार्यालय र यातायाता कार्यालय मुख्यमन्त्रीबाटै उद्घाटन भैसकेका छन् ।
अहिले सार्वजनिक गरिएको वजेटबाट शिक्षणा अस्पताल स्थापना गर्ने मार्ग खुलेको छ । राजधानी बन्न नसकेर हतास भई बसाई सर्न तयार भैरहेका यो निर्णयबाट धनकुटावासीहरुले केहि राहत महसुस गरेका छन् ।