• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
शुक्रबार, माघ ९, २०७७ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • रोचक
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • रोचक
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

पूर्वमा सशस्त्र प्रहरी बललाई उल्लेखनीय सफलता

बल जनतामाँझ लोकप्रिय बन्दै

Dhankuta News by Dhankuta News
२०७६, १३ असार शुक्रबार २१:३७
0
0
SHARES
597
VIEWS
Share on FacebookShare on Twitter
पूर्वमा सशस्त्र प्रहरी बललाई उल्लेखनीय सफलता

धनकुटा । सशस्त्र प्रहरी बलले प्रदेश नम्वर १ मा उल्लेखनीय सफलता हासिल गरेको जनाएको छ । बलले प्रदेशमा सीमा सुरक्षा, अवैध चोरी निकासी पैठारी नियन्त्रण, अवैध हातहतियार, लागूऔषध बरामद गर्ने कार्यमा तथा राजश्व संकलनमा समेत सफलता हासिल गरेको जनाएको छ ।

नेपाल सरकारको सीमा सुरक्षा व्यवस्थापन व्यवस्थित बनाउने नीति लिएको छ । सो नीति अन्तर्गत पूर्वी नेपालको सीमा क्षेत्रमा १६ वटा सीमा सुरक्षा पोष्ट (वि.ओ.पी.) रहेकोमा हाल बृद्धि गरी २४ वटा कायम गरिएको छ । पूर्वको विभिन्न सीमा क्षेत्रमा पहिले १६ वटामात्र विओपी रहेकोमा तीन वटा नयाँ स्थापना गरिएको छ । यस्तै ४ वटा बेशलाई स्तरोन्नति गरिएको र थप १ वटा स्वीकृत भई स्थापना गर्न बाँकी रहेको छ । यि सबै गरी २४ वटा विओपी कायम गरिएको सशस्त्र प्रहरी बल प्रदेश नं. १ बाहिनी मुख्यालय पकली सुनसरी स्रोतले जनाएको छ ।

प्रदेश नम्वर १ सरकारको सहयोग र समन्वयमा सीमाको सुरक्षाका लागि तैनाथ सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्टहरुको भौतिक संरचना निर्माणतर्फ १२ वटा निर्माणाधीन अवस्थामा रहेकोमा ६ वटाको निर्माण कार्य सम्पन्न भईसकेको छ । प्रदेश सीमा सुरक्षा व्यवस्थानलाई अझ चुस्त दुरुस्त पारी प्रभावकारी ढंगले परिचालनको लागी झापा, इलाम, पाँचथर, ताप्लेजुङ, मोरङ, संखुवासभामा गरी १७ स्थानमा विओपी स्थापना गर्न प्रस्ताव गरेको जनाएको छ ।

सशस्त्र प्रहरी बल प्रदेश नं. १ बाहिनी मुख्यालय पकली सुनसरीमा प्रमुखका रुपमा सशस्त्र प्रहरी नायव महानिरीक्षक (डिआईजी) मन्दिप श्रेष्ठ गतवर्ष आएका हुन् । उनले कार्यभार सम्हालेदेखि अवैध चोरी निकासी पैठारी नियन्त्रणलाई अभियानकै रुपमा विशेष योजना बनाई क्रियाशील रहेका छन् । उनकै सफल नेतृत्वमा राजश्व असुलीमासमेत विगत वर्षहरु भन्दा बढी संकलन गर्न उल्लेखनीय रुपमा सफलता हासिल गरेको तथ्यांकले देखाएको छ ।

यस क्षेत्रमा डिआईजी श्रेष्ठ आएपछि राजश्व असुलीतर्फ उल्लेखनीय प्रगती भएको जनाएको छ । उनी आउनुअघि गत वर्ष ०७४ बैसाखदेखि ०७४ चैत्रसम्म ३५ अर्व ६२ करोड ५४ लाख ३५ हजार आठसय ७५ रुपैया संकलन भएको थियो । उनी आईसकेपछि २०७४ चैत्रदेखि २०७६ जेष्ठ मसान्तसम्म ५० अर्व ५३ करोड ९२ लाख ७० हजार सातसय १३ रुपैया राजश्व संकलन भएको छ ।

यसैगरी अवैध हातहतियार बरामत गर्न र लागूऔषध नियन्त्रण र बरामद गर्न समेत ठूलो सफलता हासिल गरेको छ । अभियान सञ्चालन भएपछि संगठनप्रति जनविश्वास बढेकोले लोकप्रिय बन्दै गएको हो । यस्तै विपत् व्यवस्थापनका क्षेत्रमा पनि १ नम्वर प्रदेशमा सशस्त्र प्रहरी बलले महत्वपूर्ण सहयोग गरेको छ । विपत् तथा जोखिमा परेकाहरुलाई तत्काल उद्वार गरी जीवन रक्षा गर्ने कार्यमा समेत उल्लेखनीय सफलता हासिल गरेको छ । पूर्वी नेपालमा सशस्त्र प्रहरी बलले आपत विपत्मा गरेको तत्काल उद्वार कार्यले आपतको साथीका रुपमा परिचय बनाउन सफल भएको छ । यस्ता कार्यले पूर्वका जनताले एपीएफ भनेको आपत पर्दाको फोर्स समेत भन्न थालिएको छ ।

यस्तै प्रदेश सशस्त्र प्रहरी परिवार महिला संघले समेत स्वास्थ्य परिक्षण तथा उपचार, अनाथ बालबालिका तथा बृद्धबृद्धाहरुलाई आवश्यक पर्ने लत्ता कपडा तथा खाद्यान्न वितरण गर्दै आएको संघका अध्यक्ष रोजी श्रेष्ठले जानकारी दिईन् ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

सामाजिक संजालको टिप्पणी प्रति महालक्ष्मी नगरप्रमुखको स्पष्टिकरण

Next Post

महिला संघका पूर्व अध्यक्षहरुलाई सम्मान गरिने

Next Post

महिला संघका पूर्व अध्यक्षहरुलाई सम्मान गरिने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

नेपाली कांग्रेसद्वारा विरोध प्रर्दशन

नेपाली कांग्रेसद्वारा विरोध प्रर्दशन

January 19, 2021
अवसरवादीहरुको कारण संसद विघटन – गृहमन्त्री थापा

अवसरवादीहरुको कारण संसद विघटन – गृहमन्त्री थापा

January 19, 2021
सप्त गन्तव्यको शुभारम्भ तथा महेन्द्र पार्कको उद्घाटन

सप्त गन्तव्यको शुभारम्भ तथा महेन्द्र पार्कको उद्घाटन

January 18, 2021
तरुण दलको आयोजनामा भेडेटारमा रक्तदान

तरुण दलको आयोजनामा भेडेटारमा रक्तदान

January 12, 2021
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • रोचक
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..