धनकुटा ।
धनकुटामा महिलाहरुलाई संगठित गर्दै लोकतन्त्र र महिला अधिकारको निम्ति महिलाहरुलाई नेतृत्व प्रदान गरेको भन्दै नेपाल महिला संघ धनकुटाका पूर्व अध्यक्षहरुलाई सम्मान गर्ने निर्णय गरेको छ । नेपाल महिला संघ धनकुटका अध्यक्ष तथा १ नम्वर प्रदेश सभाका सदस्य लिला सुब्बाको अध्यक्षतमा भएको जिल्ला महिला संघ र धनकुटा नगर महिला संघको संयुक्त आयोजनामा भएको बैठकले संघका पूर्व जिल्ला अध्यक्षहरु अम्विका सुवेदी, बिमला श्रेष्ठ र अम्विका राईलाई आगामी असार २० गते शुक्रवार धनकुटामा सम्मान गर्ने निर्णय गरेको संघका उपाध्यक्ष अम्विका धमलाले जानकारी दिए ।
सोहि अवसरमा महिला संघ धनकुटा नगरपालिकाका १० वटै वडाका वडा सभापतिहरुलाई समेत बधाई ज्ञापन गर्ने र उत्कृष्ट काम गर्ने महिलाहरुलाई पुरस्कृत गर्ने निर्णय गरेको महिला संघ नगर सभापति निरुपा राईले बताईन । सो अवसरमा प्रदेश नम्वर १ का सासंद तथा संघका अध्यक्ष लिला सुब्बा, नेपाली कांग्रेस जिल्ला सचिव विजयसन्तोषी राई, कांग्रेस क्षेत्र नं. १ का कोषाध्यक्ष निरुपा राई, संघका उपाध्यक्ष अम्विका धमला, सहसचिव जानुका सुन्दास, सदस्य मन्दिरा भट्टराई, कमला पराजुली र नगर सदस्य सविना श्रेष्ठलगायतले महिलाहरुलाई राज्यको हरेक निकायमा अनिवार्य सहभागीता गराउनु पर्ने बताउँदै महिलाहरुको क्षमता बृद्धी गराउनका लागी अभियान संचालन गर्नु पर्ने बताएका थिए ।