• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
शुक्रबार, माघ ९, २०७७ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • रोचक
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • रोचक
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

शहीद भीमनारायण श्रेष्ठप्रति सम्मान

Dhankuta News by Dhankuta News
२०७६, २५ असार बुधबार १८:२७
0
0
SHARES
29
VIEWS
Share on FacebookShare on Twitter
शहीद भीमनारायण श्रेष्ठप्रति सम्मान

धनकुटा । जीवन रहे भेट होला मिलेर संघर्ष गरौंला, नरहे बाँचेकाले संघर्ष गर्नु, यहि सन्देश सुनाई दिनु । यो वाक्यांश लोकतन्त्रको लागी बलिदान दिएका शहीद भीम नारायण श्रेष्ठले २०३५ साल माघ २५ गते जेलबाट निक्सने वेला कैदीजीवन गुजारिरहनु भएका लोकतन्त्रका लागि संघर्षरत बन्दीमित्रहरुलाई दिएका थिए । उनले जेलबाट निस्किरहदाँ बाँचेर आउँछुकि आउँदिन भनेर यो वाक्यांश सुनाएका थिए । नभन्दै सोहि रात उनलाई कोशी ब्यारेजको भिमनहरमा ल्याएर गोली हानी पञ्चायत सरकारबाट हत्या भयो ।

उनीसँगै सोहि दिन शहीद क्याप्टेन यज्ञबहादुर थापालाई पनि मृत्यूदण्ड दिईयो । यसरी शहादत प्राप्त गरेका शहीद भिमनारायण श्रेष्ठको ८३ औं जन्जयन्ती धनकुटामा एक कार्यक्रमको आयोजना गर मनाईयो । सो अवसरमा भिमनारायण चोकस्थित शहीद श्रेष्ठको शालिकमा उनका धर्मपत्नी लक्ष्मी श्रेष्ठले माल्यार्पण गर्दै श्रद्धाञ्जली दिईन । सो अवसरमा शहीदका ज्येष्ठ सुपुत्र मनोजनारायण श्रेष्ठ, छोरी ममता अमात्यले पनि माल्यार्पण गरी श्रद्धाञ्जली दिए ।

नेपाली कांग्रेस जिल्ला उपसभापति नविन किशोर शाक्यको अध्यक्षतमा सम्पन्न भएको श्रद्धाञ्जली कार्यक्रममा महासमिति सदस्य आनन्दसन्तोषी राई, पूर्वसांसद अञ्जना ताम्ली, नेता विश्वप्रकाश श्रेष्ठ, कोषाध्यक्ष दिनेश राई, वडा नं. ६ का वडाध्यक्ष नरेश श्रेष्ठ, शिक्षक संघका १ नम्वर प्रदेश उपाध्यक्ष गंगाराम ढुंगाना, महिला संघका पूर्व केन्द्रिय सदस्य टिका देवी भण्डारी, नगरका सचिव रेणु श्रेष्ठ, कांग्रेस क्षेत्र नं. २ का कोषाध्यक्ष लोकमणी घिमिरे, पत्रकार महासंघका अध्यक्ष एवं धनकुटा सहिद स्मृति प्रतिष्ठानका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठ, महासंघका उपाध्यक्ष नगेन्द्र राई, तरुण दलका क्षेत्रीय अध्यक्ष तिलक महत, प्रेस युनियनका अध्यक्ष हिमा चेम्जोङ, सचिव विकास घिमिरे, निर्वतमान अध्यक्ष यानिन्द्र तिगेला, महिला संघ नेपाल निजामती कर्मचारी संघका खिरबहादुर बुढाथोकी, वडा नं. ६ का पूर्व सदस्यहरु लक्ष्मण खड्का, गीता श्रेष्ठ, धनकुटा फुटवल संघका पूर्व अध्यक्ष धिरेन्द्रलाल श्रेष्ठ, तरुण दलका रत्नेश राई, विवश राइँ र रेखा श्रेष्ठलगायतले शहीद भीमनारायण श्रेष्ठको सालिकमा माल्यपर्ण गर्दै श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

कार्यक्रमका सञ्चालन जिल्ला सचिव विजयसन्तोषी राईले गरेका थिए । सो अवसरमा राईले शहीद श्रेष्ठको योगदानका वारेमा चर्चा गर्दै नेपाली कांग्रेसका नेताका रुपमा सक्रिय शहीद श्रेष्ठलाई २०३० चैत्र ३ गते तत्कालीन राजा वीरेन्द्र शाहको विराटनगर सवारी भएको समयमा बम प्रहार गरेको आरोपमा चरम यातना सहित २०३५ साल माघ २६ गते मृत्यूदण्ड दिएका दिएको जानकारी दिए । शहीद श्रेष्ठलाई पञ्चायत व्यवस्थालाई समर्थन गर्दै माफि माग्न दवाव दिदै जेलमुक्त गर्दै विभिन्न लाभका पद दिने लालच देखाएका थिए । तर, उनको एकमात्र माग भनेको लोकतन्त्र रहेकोले लोकतन्त्रका लागि बलिदान दिएको राईले जानकारी दिए ।

शहीद श्रेष्ठको स्मृतिमा धनकुटामा शहीद भिमनारयण स्मृत गोल्डकप सञ्चालन हुदै आएको छ । सो प्रतियोगिता धनकुटा नगरपालिका वडा नं. ६ का तत्कालीन वडाध्यक्ष राजेश्वरबहादुर श्रेष्ठको पहलबाट शुरु भएको थियो ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

लाभग्राहीको गुनासो सुन्न सार्वजनिक सुनुवाई

Next Post

सशस्त्र डिआईजी थापाबाट मल्टिपरपोज भवनको उद्घाटन

Next Post
सशस्त्र डिआईजी थापाबाट मल्टिपरपोज भवनको उद्घाटन

सशस्त्र डिआईजी थापाबाट मल्टिपरपोज भवनको उद्घाटन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

नेपाली कांग्रेसद्वारा विरोध प्रर्दशन

नेपाली कांग्रेसद्वारा विरोध प्रर्दशन

January 19, 2021
अवसरवादीहरुको कारण संसद विघटन – गृहमन्त्री थापा

अवसरवादीहरुको कारण संसद विघटन – गृहमन्त्री थापा

January 19, 2021
सप्त गन्तव्यको शुभारम्भ तथा महेन्द्र पार्कको उद्घाटन

सप्त गन्तव्यको शुभारम्भ तथा महेन्द्र पार्कको उद्घाटन

January 18, 2021
तरुण दलको आयोजनामा भेडेटारमा रक्तदान

तरुण दलको आयोजनामा भेडेटारमा रक्तदान

January 12, 2021
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • रोचक
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..