• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
शुक्रबार, माघ २०, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

सशस्त्र डिआईजी थापाबाट मल्टिपरपोज भवनको उद्घाटन

Dhankuta News by Dhankuta News
२०७६, २५ असार बुधबार २२:४८
0
0
SHARES
258
VIEWS
Share on FacebookShare on Twitter
सशस्त्र डिआईजी थापाबाट मल्टिपरपोज भवनको उद्घाटन

धनकुटा २५ असार । सशस्त्र प्रहरी बल नेपाल प्रदेश १, बराह बाहिनी मुख्यालय पकली सुनसरीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक नगेन्द्रबहादुर थापाले आज मल्टिपरपोज भवनको उद्घाटन गरेका छन् । सो भवन सशस्त्र प्रहरी बल ६ नं. गुल्म हेडक्वाटर छिन्ताङ्ग धनकुटा परिसरमा निर्माण गरिएको हो ।

उद्घाटन पछि बाहिनीपति डिआईजी थापाले देशमा स्थापना भएको कान्छो सुरक्षा निकाय सशस्त्र प्रहरी बलले विशेषगरी सीमा सुरक्षा र विपद व्यवस्थापनमा विशेष भूमिका निर्वाह गरिरहेको बताए । उनले सीमा क्षेत्रबाट हुने तश्करी, चोर पैठारी नियन्त्रणमा बल सफल भैरहेको जानकारी दिए । यसबाहेक देशमा शान्तिसुरक्षा कायम गर्न र विभिन्न सामाजिक कार्यमा स्थानीय नागरिहरुसँगको सहकार्यमा गर्दै आएको जानकारी दिए ।

डिआईजी थापाले सशस्त्र प्रहरी बलले मूलघाटमा विपद व्यवस्थापनमा गरिरहेका उद्दार कार्यको प्रशंसा गर्दै देशैभर विपद व्यवस्थापनका क्षेत्रमा बलले उल्लेखनीय कार्य गर्दै आएको जानकारी दिए । उनले यस गुल्ममा निर्माण गरिएको मल्टिपरपोज भवन निर्माण सम्पन्न गर्न सहयोग गर्ने स्थानीय तहहरु, धनकुटा नगरपालिकाका वडाध्यक्षहरु, सहयोगी व्यापारी व्यवसायी तथा श्रमदान गर्ने बलका जवानहरुलाई धन्यवाद दिए । सो अवसरमा डिआईजी थापाले श्रमदान गर्ने प्रहरी जवानहरुलाई प्रशंसा पत्र वितरण गरेका थिए । सो अवसरमा बाहिनीपति डिआईजी थापाले गुल्म परिसरमा एभोकाडोको विरुवा रोपेका थिए ।

सो अवसरमा गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक बालकृष्ण श्रेष्ठले निर्माण सम्पन्न भएको भवनको लागत श्रमदानका वारेमा जानकारी दिए । उनले भवन अभावमा तालिमलगायतका विविध कार्यक्रमहरु संचालन गर्न कठिनाई भैरहेकोमा अब सहज हुने जानकारी दिए । उनले सशस्त्र प्रहरी बलको स्रोत तथा स्थानीयतहहरु र धनकुटा नगरपालिकाका सवै वडाहरु, विभिन्न संघसंस्थाहरु तथा सशस्त्र प्रहरीको श्रमदानले भवन निर्माण गरिएको जानकारी दिए । सोहि अवसरमा गुल्मपति डिएसपी श्रेष्ठले धनकुटा नगरपालिकाको सहयोगमा २० हजार लिटर क्षमताको खानेपानीको ट्याकी निर्माण सम्पन्न गरिएको जानकारी दिए । सो कार्यक्रमको संचालन सशस्त्र प्रहरी निरीक्षक जितेन्द्र बस्नेतले गरेका थिए ।

सो कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सिताराम कार्की, प्रहरी उपरीक्षक सुदर्शनप्रसाद कोईराला, सल्लेरी बरख गणका मेजर सुरेन्द्रबहादुर कार्की, राष्ट्रिय अनुसन्धानका डिएपी सञ्जय मण्डल, नेकपाका सचिव ऋषिराम ढुंगाना, नेपाली कांग्रेसका सचिव विजय सन्तोषी राई, धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष उमेश घिमिरे, नेपाल पत्रकार महासंघका सभापति राजेश्वरबहादुर श्रेष्ठ, धनकुटा नगरपालिका वडा नं. १ का अध्यक्ष निरेन तामाङ्ग, वडा नं. ४ का वडाध्यक्ष जमशेर राई, वडा नं. ६ का वडाध्यक्ष नरेश श्रेष्ठ, वडा नं. ७ का वडाध्यक्ष जंगवहादुर राई, जिल्ला युवा समतिका अध्यक्ष अर्जुन छारा राई, निगाले सिमेन्टका सञ्चालक दिनेश पौडेललगायत व्यवसायी, पत्रकार, समाजसेवी तथा स्थानीयवासीहरुको सहभागीता रहेको थियो ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

शहीद भीमनारायण श्रेष्ठप्रति सम्मान

Next Post

राष्ट्र निर्माणका लागि शिक्षामा पर्याप्त लगानी आवश्यक

Next Post
राष्ट्र निर्माणका लागि शिक्षामा पर्याप्त लगानी आवश्यक

राष्ट्र निर्माणका लागि शिक्षामा पर्याप्त लगानी आवश्यक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

घाइतेको उपचारका लागि वडाध्यक्ष घिमिरेले एक महिनाको पारिश्रमिक उपलब्ध गराउने

घाइतेको उपचारका लागि वडाध्यक्ष घिमिरेले एक महिनाको पारिश्रमिक उपलब्ध गराउने

February 3, 2023
नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

February 2, 2023
कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

February 1, 2023
आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ महिला फुटवल प्रतियोगिता

आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ अन्तरपालिका महिला फुटवल प्रतियोगिता

February 1, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..