धनकुटा । राष्ट्र निर्माणका लागि दक्ष जनशक्ति आवश्यक हुन्छ । दक्ष जनशक्ति उत्पादनका लागि शिक्षित नागरिक चाहिन्छ र त्यसका लागि शिक्षामा पर्याप्त लगानी आवश्यक हुन्छ । अहिले शिक्षामा कम लगानी गर्दै आएकोले शिक्षाको गुणस्तर र विकास सोचें जस्तो हुन नसकेको हो । सो कुरा पाख्रिवासमा आयोजित नेपाल शिक्षक संघको प्रदेशस्तरीय महिला क्षमता विकास तालिमका सहभागीतहरुले बताएका हुन ।
तालिमको नेपाल शिक्षक महासंघका निर्वतमान केन्द्रिय अध्यक्ष तथा शिक्षक नेता केशव निरौलाले उद्घाटन गरेका थिए । सो अवसरमा उनले अहिलेको शिक्षा नीतिबाट मुलुकको समग्र शिक्षा क्षेत्रको विकास गर्न नसकिने भएकाले नयाँ शिक्षा नीति निर्माण गरेर मात्र गुणस्तरीय शिक्षा प्रदान गर्न सकिने बताए ।
कार्यक्रममा शिक्षक संघका १ नम्वर प्रदेशका अध्यक्ष पूर्ण गौतम, नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष विजय सन्तोषी राई, नेपाली कांग्रेसका जिल्ला सदस्य ज्ञानु गुरुङ्ग, शिक्षक संघका केन्द्रिय सदस्य रेणुका पोखरेल, संघका प्रदेश उपाध्यक्ष गंगाराम ढुंगाना, पत्रकार महासंघ जिल्ला अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठलगायत राज्यले शिक्षा क्षेत्रलाई कम प्राथमिकता दिई बजेट कम छुट्याउँदै आएकाले शिक्षाको गुणस्तर बृद्धि हुन नसकेको बताएका थिए । उनीहरुले पर्याप्त बजेट शिक्षा क्षेत्रमा छुट्याउनु पर्नेमा जोड दिए ।
उद्घाटन कार्यक्रम शिक्षक संघ १ नम्वर प्रदेश महिला विभागका संयोजक निर्मला कोईरालाको अध्यक्षतमा भएको थियो । कार्यक्रममा स्वागत मन्तव्य प्रदेश सदस्य पार्वती राउतले र संचालन प्रदेश सचिव चित्रकला ओलीले गरेकि थिईन् ।
कार्यक्रममा शिक्षक संघका १ नम्वर प्रदेश महासचिव ऋषि कोईराला, अर्थ महासचिव रामकुमारी भण्डारी, उपमहासचिव तुलाराम चौधरी, नेपाल ट्रेड युनियन कांग्रेस धनकुटाका अध्यक्ष विगेन्द्र याक्खा, शिक्षक संघका जिल्ला अध्यक्ष थिरेन्द्रबहादुर लिम्बु, महिला उपाध्यक्ष दिलकुमारी राई, सहसचिव शोभा बराल, अर्थसहसचिव बिमला सन्तोषी राई, आदिवासी जनजाति पत्रकार महासंघका जिल्ला अध्यक्ष सन्तवीर लामा, कान्तिपुर दैनिकाका उपसम्पादक रमेशचन्द्र अधिकारी, प्रेस युनियनका सचिव विकास घिमिरेलगायत शिक्षक संघका १ नम्वर प्रदेशका विभिन्न जिल्लाका महिला पदाधिकारीहरु, प्रदेश समितिका पदाधिकारी तथा सदस्यहरु गरी ६० जना जतिको सहभागीता रहेको थियो ।
उक्त क्षमता विकास तालिम दुई दनसम्म सञ्चालन हुने छ । तालिममा शिक्षक महासंघका निर्वतमान केन्द्रिय अध्यक्ष केशव निरौला, शिक्षक संघका केन्द्रिय सदस्य रेणुका पोखरेल, प्रदेश अध्यक्ष पूर्ण गौतम, अर्थ महासचिव रामकुमारी भण्डारी, अधिवक्ता शारदासन्तोषी राईले प्रशिक्षण दिईरहेका छन् ।