• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
शनिबार, चैत्र १८, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

गणतन्त्रका नाममा देशमा सर्वसत्तावाद हावी ः अध्यक्ष थापा

Dhankuta News by Dhankuta News
२०७६, २९ असार आईतवार २०:४६
0
0
SHARES
95
VIEWS
Share on FacebookShare on Twitter
गणतन्त्रका नाममा देशमा सर्वसत्तावाद हावी ः अध्यक्ष थापा

धनकुटा । अहिले गणतन्त्रका नाममा देशमा सर्वसत्तावाद हावी भएको छ । सो कुरा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय अध्यक्ष कमल थापाले बताएका हुन् । राप्रपा धनकुटाद्वारा स्थानीय प्याशिफिक होटलमा आयोजित कार्यकर्ता भेटघाट, अन्तरक्रिया तथा पार्टी प्रवेश कार्यक्रमको उद्घाटन गर्दै थापाले सर्वसत्तावादकै कारण स्वतन्त्र हुनुपर्ने न्यायालय पनि अहिले राजनीतिबाट अछुतो नभएको आरोप लगाएका छन् ।अध्यक्ष थापाले अहिले अदालतप्रति जनताको विश्वास घट्दै गएको बताए । उनले अहिले न्याय पाउन ठूला नेताका घरघरमा धाउन जनता बाध्य भएको बताए ।

अध्यक्ष थापाले राजा पाल्न महंगो भयो भन्नेहरुलाई जवाफ दिदै अध्यक्ष थापाले अहिले पूर्व र वर्तमान दुई दुई वटा राष्ट्रपतिहरुलाई पाल्न राज्यको ठूलो धनराशी खर्च भैरहेको बताए । उनले राजा एक जना मात्र हुने भएकोले कम खर्चिलो हुने तर्क पेश गरे । उनले देश अहिले अभिभावकविहीन घरजस्तो भएको आरोप लगाए । उनले घरमा बुढो अशक्त बुवा हुनु र नहुनुमा जस्तो देशमा राजा हुनु र नहुनुमा फरक भएको बताए । उनले राजा विनाको मुलुक छाडातन्त्र बढ्दै गएको आरोप लगाए । उनले राजा सबैको साझा हुने र राष्ट्रपति एक पार्टीको हुने भएकाले राष्ट्रपतिप्रति सबैको विश्वास र आस्था नहुने जिकिर गरे ।

सो अवसरमा अध्यक्ष थापाले राज्यको धर्म हुदैन भन्ने हल्लाको प्रतिवाद गर्दै लोकतन्त्रको उद्गम स्थल बेलायत र शक्ति सम्पन्न देश अमेरिका पनि इशाई राष्ट्र भएको बताउँदै नेपाल हिन्दु राष्ट्र किन हुन नहुने प्रतिप्रश्न गरे । उनले राजसंस्था र विश्वकै एकमात्र हिन्दु राष्ट्रवस्थापित भएपछि जनताले झन् झन दुःख पाएको बताए ।
उनले राजाविनाको सबै सरकार असफल भएको बताए । उनले वर्तमान प्रधानमन्त्री केपी ओलीको ठाउँमा शेरबहादुर देउवा वा प्रचण्ड नै प्रधानमन्त्री भएको भए पनि यस्तै नै भ्रष्टाचार, हत्या हिंसा, अराजकता, असुरक्षा हुने तर्क राखे । गणतन्त्र नै असफल भएको बताउँदै देशमा शान्ति सुव्यवस्था कायम राख्न राजसंस्था आवश्यक रहेको थापाले बताए ।

पूर्व उपप्रधानमन्त्री समेत रहेका थापाले गणतन्त्र स्थापना भएपछि अराजकता मौलाएको आरोप लगाउँदै हिजो सँगै लडेका आफ्नै सहयात्री विप्लव माओवादीको पुनर्उदय गराएर पुनः मान्छे मर्ने र मार्ने खेल सुरु भएको आरोप लगाए । फरक प्रशंगमा अध्यक्ष थापाले जनताकुनै दल विशेषको दास नभई स्वतन्त्र र स्वाभिमानी नागरिक हुनुपर्ने बताए । उनले अहिले अधकांश बुद्धिजीवी, पत्रकार, अधिकारकर्मी हरु पेसाप्रति हुनुपर्ने इमान्दारिता कम र पार्टीका कार्यकर्ता बढी भएर देश बिग्रिएको बताए ।

अध्यक्ष थापाले अविरल वर्षाका कारण देशभरमा भएको जनधनको क्षतिमा दुःख प्रकट गरे । उनले आफ्ना दलका नेता तथा कार्यकर्ताहरुलाई पीडितको उद्धार कार्यमा जुट्न निर्देशन दिए । यस्तै पीडित जनतालाई तत्काल राहत दिन र उद्धार गर्न नेपाल सरकारलाई आग्रहसमेत गरे ।

राप्रपा जिल्ला अध्यक्ष मुमाराम राई ( कुमार) को अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा जिल्ला अध्यक्ष राईले जिल्लाको सांगठनिक प्रतवेदन प्रस्तुत गरेका थिए । कार्यक्रमको केन्द्रिय सदस्य तथा धनकुटाका पूर्व जिल्ला अध्यक्ष बालानन्द भूर्तेलले स्वागत मन्तव्य राखेका थिए ।

सो अवसरमा विभिन्न पार्टी परित्याग गरी राप्रपा प्रवेश गरेकाहरुलाई अध्यक्ष थापा, केन्द्रय सदस्य भूर्तेल, जिल्ला अध्यक्ष राईलगायत राप्रपाका नेताहरुले टिका, खादाँ लगाएर पार्टीमा स्वागत गरेका थिए ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

राष्ट्र निर्माणका लागि शिक्षामा पर्याप्त लगानी आवश्यक

Next Post

आत्मनिर्भरताका लागि शीप

Next Post
आत्मनिर्भरताका लागि शीप

आत्मनिर्भरताका लागि शीप

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

जनविश्वास प्रेसमा आगलागी, ५० लाखको क्षति

जनविश्वास प्रेसमा आगलागी, ५० लाखको क्षति

March 28, 2023
सं‍गठन विस्तार तथा सुदृढीकरणका लागि कांग्रेसको ६० वटै वडामा सम्मेलन

सं‍गठन विस्तार तथा सुदृढीकरणका लागि कांग्रेसको ६० वटै वडामा सम्मेलन

March 25, 2023
धनकुटामा जारि काेशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधी सत्यम र नितालाई

धनकुटामा जारि काेशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधी सत्यम र नितालाई

March 25, 2023
साँगुरीगढी गाउँपालिकाको आवाधिक विकास योजना निर्माण हुँदै

साँगुरीगढी गाउँपालिकाको आवाधिक विकास योजना निर्माण हुँदै

March 22, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..